झापा, जेठ १७ । नेकपा एमालेका झापा अध्यक्ष चिन्तन पाठक बिर्तामोडस्थित विएण्डसी अस्पतालमा भर्ना भएका छन् । किड्नीमा समस्या आएपछि उनी शल्यकृयाका लागि अस्पताल भर्ना भएका हुन् । पाठकको किड्नीमा ४.९ एमएमको स्टोन देखा परेको चिकित्सकले बताएपछि शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । पाठकको शल्यक्रिया आज राति गर्ने बताइएको छ । पारिवारिक Read More…
स्वास्थ्य
ओझाद्वारा समस्या परेका परिवारलाई खाद्यान्नका लागि आर्थिक सहयोग
मेचीनगर, जेठ १७ । निषेधाज्ञा बढ्दै जाँदा दैनिक ज्यालादारी गुमाएका विपन्न मजदुरलाई यतिबेला समस्या परिरहेको छ । उनिहरूको समस्यालाई सहयोग गर्दै यतिबेला जिल्लाका विभिन्न संघसंस्थाले खाद्यान्न वितरण गरिरहेको छ । यसैबीच नेपाल औषधि व्यवसायी संघ झापाले पनि जिल्लाका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ । मेचीनगरका युवा व्यवसायी हलेसी मेडिकल हलका सञ्चालक सोम ओझाले Read More…
अप्ठ्यारोमा सहयोगी बन्दै जनप्रतिनिधि
झापा, जेठ १६ । झापाको मेचीनगर नगरपालिका जनप्रतिनिधि यतिबेला वडाबासीहरूको स्वास्थ्यको चासो राख्दै सबैको घर घरमा पुग्ने गरेका छन् । यस्तै स्वास्थ्य समस्यामा परेका आफ्ना वडाबासीलाई सहयोग पुर्याउन मेचीनगर वडा नम्बर ८ का अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष मेचे, स्वास्थ्यकर्मी राम अधिकारीलगायतका टोली घर घरमा पुग्ने गरेका छन् । जनप्रतिनिधिको टोलिले अहिले वडामा रहेका Read More…
काँकरभिट्टाका कोरोना संक्रमित पुरुषको निधन
मेचीनगर, जेठ १६ । मेचीनगर‐६ काँकरभिट्टाका कोरोना संक्रमित पुरुषको निधन भएको छ । दुई हप्ताअघि स्वास्थ्यमा समस्या आएपछि जेठ ९ गते एन्टिजिन परीक्षण गर्दा उनको नतिजा पोजेटिभ आएको थियो । वडा अध्यक्ष ललित तामाङका अनुसार प्रारम्भीक परीक्षणकै क्रममा अक्सिजन लेभल कम देखिपछि सोही दिनलाई उपचारका लागि अस्पताल लगिएको थियो । सुरुमा धाइजन आइसोलेसन सेन्टर लगिएकोमा Read More…
कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्दै, नगरप्रमुख पोखरेलले दिए १० लाख
झापा, जेठ १५ । कोरोना सङ्क्रमितको उपचारमा अक्सिजनको हाहाकार भइरहेको अवस्थामा कनकाई नगरपालिकाले भने आफैले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । नगरभित्रका कोरोना संक्रमित बिरामीलाई अक्सिजन अभाव हुन नदिन नगरपालिका आफैले प्लान्ट स्थापना गर्न लागेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । शनिबार नगरपालिका परिसरमा आयोजित पत्रकार सम्मेलन मार्फत नगरप्रमुख पोखरेलले अक्सिजन प्लान्ट स्थापनाका Read More…
मेचीनगरमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
मेचीनगर, जेठ १४ । मेचीनगरका दुई जना पुरुषको आज कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर–१३ स्थित तेलीबारीका ४२ वर्षीय पुरुषको आज विहान ७ वजे बिर्तामोड स्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए । उनको उपचारकै क्रममा मृत्यु भएको जनाईएको छ । उनको अहिले सुरुङ्गा स्थित माईखोलामा दाहसंस्कार भईरहेको छ । Read More…
प्रेस क्लब मेचीनगरद्वारा अग्रपंक्तिमा कार्यरत पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण
झापा, जेठ १३ । प्रेस क्लब मेचीनगरको आयोजनामा बिहीबार अग्रपंक्तिमा कार्यरत पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । मेचीनगर‐६ काँकरभिट्टास्थित मनिषा पोलिक्लिनिक एण्ड डाइगोनोष्टिक सेन्टर प्रालिको प्राविधिक सहयोगमा सम्पन्न परीक्षणमा अधिकांश पत्रकारहरु सहभागी भएको क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले बताए । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अग्रपंक्तिमा रहेर काम गरि रहेका पत्रकारहरुका लागि प्रेस क्लबले Read More…
प्रेस क्लब मेचीनगरले आज सञ्चारकर्मीहरूको नि:शुल्क स्वास्थ्य जाँच गर्दै
मेचीनगर, जेठ १३ । प्रेस क्लब मेचीनगरले फ्रन्टलाइनमा रहेर सूचना सम्प्रेषणमा अहोरात्र खटिने पत्रकारहरूको स्वास्थ्य परिक्षण गर्दिने भएको छ । मनिषा मेडिकल हल काँकरभिट्टाको प्राविधिक सहयोगमा क्लबले बिहिवार नि:शुल्क स्वास्थ्य जाँच गर्ने भएको हो । अहिलेको विषम् परिस्थितिमा पत्रकारहरूको स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै क्लबले पत्रकारहरूको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीले Read More…
नेपाल जेसीजद्धारा हेटौँडा अस्पताललाई १ सय १ थान अक्सिनज सिलिण्डर प्रदान
देबु बानियाँ । मानवताको सेवालाई मुल मन्त्र मान्ने संस्था नेपाल जेसीजले हेटौंडा अस्पताललाई १ सय १ थान अक्सिजन सिलिण्डर सहयोग स्वरुप उपलब्ध गराएको छ । हेटौंडा अस्पतालमा बुधबार आयोजित एक कार्यक्रममा नेपाल जेसीजका राष्ट्रीय अध्यक्ष अरुणेश्वर खनालले हेटौंडा अस्पतालको संचालक सस्था मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई ति सिलिण्डर हस्तान्तरण गर्नुभएको हो । Read More…
झापाका थप १३८ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु
झापा, जेठ १२ । पछिल्लो २४ घण्टामा झापाका थप १३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ६४ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेहरुमा पीसीआर परीक्षणबाट ११८ र एन्टिजेनबाट २० जना रहेका छन् । सबैभन्दा बढी दमक नगरपालिकाका २७ जना महिलासहित ५८ जना संक्रमित रहेका छन् । यसैगरी, Read More…









