स्वास्थ्य

झापामा आज थपिए २४७ जना संक्रमित

झापा, जेठ ११ । पछिल्लो २४ घण्टाभित्र झापाका विभिन्न पालिकामा २४७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ११८ जना महिला छन् । संक्रमितमध्ये पीसीआर परीक्षणबाट २१६ र एन्टिजेनतर्फ ३१ जना रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी मेचीनगर नगरपालिकामा ३१ महिलासहित ७० जना रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा १५ महिलासहित ३३ जना, Read More…

स्वास्थ्य

इलाममा थप  २६ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या  छ सय नाघ्यो

 नरेन इलामेली इलाम, जेेठ १० । मइलाममा पछिल्लो २४ घण्टामा २६ जनामा कोभिड-१९ ( कोरोना भाइरस) को संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानिय तहका कोरोनासँग मिल्दो जुल्दो लक्ष्ण देखिएका र कन्ट्याक ट्रेसिङमा परेकाहरुको जनाको पिसिआर तथा एन्टिजेन विधीबाट स्वाव परिक्षण गर्दा २६ जनामा संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा जिल्लाको इलाम Read More…

स्वास्थ्य

कोरोना संक्रमणबाट मेचीनगरमा थप एक जनाको मृत्यु

मेचीनगर, जेठ १० । मेचीनगरमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । आज मृत्युु हुनेमा मेचीनगर –१४ स्थित कलमवाडीका ४२ वर्षीय पुरुष रहेका छन् । उनको सोमबार विहान १० वजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको मेचीनगर नगरपालिकाका काभिड संयोजक नबिन Read More…

स्वास्थ्य

युवाको सक्रियतामा मेचीनगरमा ‘कोभिड हेल्प डेक्स’

रिसब आचार्य मेचीनगर, जेठ १० । झापाको मेचीनगरमा युवाको सक्रियतामा मेचीनगरमा ‘कोभिड हेल्प डेक्स’ सञ्चालन भइरहेको छ । कोरोना भाइरसका कारण जनजविन अस्तव्यस्त बनिरहेका बेला मेचीनगरका बिभिन्न स्थानमा ‘कोभिड हेल्प डेक्स’ स्थापना भएको हो । मेचीनगरमा क्रियाशिल बिभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा ‘युथ नेटवर्क फर कोभिड रेसपोन्ज’ नामक अभियानले ‘कोभिड हेल्प डेक्स’ सञ्चालन गरेको हो । Read More…

स्वास्थ्य

मेचीनगरबासीमा खुशीको खबर: धुलाबारीमा बन्ने भयो अक्सिजन प्लान्ट

मेचीनगर, जेठ १० । अक्सिजनको चरम अभावले कोरोना भाईरसको संक्रमित अकालमै ज्यान गुमाउनु परिरहेको छ । अहिलेको बिषम् परिस्थितिमा आफ्नै नगरमा अक्सिजन प्लान्ट बन्ने भएपछि मेचीनगरबासी खुशी भएका छन् । मेचीनगरको धुलावारीस्थित आम्दा मेची हस्पिटलमा अक्सिजन प्लान्ट बन्ने भएपछी नगरका सबैले राहत महसुस गरेका छन् । ८० लाख रुपैयाँको लागतमा निर्माण हुने अक्सिजन प्लान्टमा रोटरी क्लवको Read More…

स्वास्थ्य

पिकअपको ठक्करबाट झापामा पैदलयात्रीको घटनास्थलमै मृत्यु

झापा, जेठ ७ । पिकअप भेनले ठक्कर दिदा झापामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । कमल गाँउपालिकामा-३ सानो केर्खा स्थित पूर्व पश्चिम राजमार्गमा बिहिवार बेलुका करिब ८:४५ बजे पश्चिमबाट पूर्वतर्फ आउदैं गरेकाे पिकअपले ठक्कर दिदा सोही तर्फ जाँदै गरेका अदबैशे ती पुरूषको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको Read More…

स्वास्थ्य

मेचीनगरले कोभिडका विरामीको निशुल्क उपचार गर्ने

मेचीनगर, जेठ, ६ ।झापाको मेचीनगर नगरपालिकाले आफ्नो नगरमा रहेका कोभिडका विरामीलाई निशुल्क उपचार गर्ने भएको छ । नगरपालिकामा बुधबार सञ्चारकर्मीसँगको भेटधाटमा नगरप्रमुख विमल आचार्यले नगरमा कोभिड संक्रमितहरुलाई निशुल्क उपचार गरिने बताएका हुन । कोरोनाको समयलाई मध्यनजर गदैं नगरभित्रका जनताको सेवाको लागि निशुल्क एक्स–रे मेसिन सञ्चालनमा ल्याउने पनि उनले जानकारी दिए । कोरोनाको महामारीका बेला नगरका Read More…

स्वास्थ्य

कोरोना संक्रमण पुष्टि भएको भन्दै श्रीमतीलाई बेवारिसे अवस्थामा छाडेर श्रीमान् फरार

झापा, जेठ ४ । कोरोना संक्रमण भएको भन्दै आफ्नै श्रीमतीलाई एक व्यक्तिले बेवारिसे अवस्थामा छाडेका छन् । मेचीनगर १३ स्थित चारआली बजारमा भाडामा बस्दै आएका कँडेल थरका श्रीमानले आफ्नी दुई जिउकी श्रीमतीलाई बेवारिसे बनाएका हुन् । कोरोना संक्रमण पुष्टि भएपछि घरबेटीले समेत बस्न नदिएको ती महिला लाई श्रीमानले मंगलबार साझ चारआली स्थित आइतबारे बजारको टहरामा Read More…

स्वास्थ्य

मेचीनगरमा कार्यरत कर्मचारी निरौलाको कोरोना संक्रमणबाट मृत्यु

मेचीनगर, जेठ ४ । कोरोना संक्रमणबाट नगरपालिकाको विद्युत शाखामा कार्यरत कर्मचारीको मृत्यु भएको छ । संक्रमणबाट महेन्द्र निरौलाको मृत्यु भएको छ ।उनी शाखामा इलेक्ट्रिकल ओभर सियरको रुपमा कार्यरत थिए । कोरोना संक्रमण पश्चात भेन्टिलेटरमा रहेर बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचाररत रहेका उनको मंगलबार विहान ८ः३० बजे चिकित्सकले मृत्यु पुष्टि गरेको नगरपालिका कोभिड संयोजक तथा सामाजिक विकास Read More…

स्वास्थ्य

हात्तीको आक्रमणबाट एकको मृत्यु 

झापा, जेठ ४ । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर वडा नम्बर–९ तल्लो मागुरमाडीका ४५ वर्षीय श्याम राई रहेको इलाका प्रहरी कार्यालय धुलावारी प्रमुख प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । गए राति गाउँमा आएको जंगली हात्ती खेदाउनेक्रममा राईलाई हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । घाइते Read More…