काठमाडौं, बैशाख २४ । पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ Read More…
स्वास्थ्य
झापामा बिहीबार थप १९० जनामा कोरोना संक्रमण पुष्टि
झापा, बैशाख २३ । झापामा पछिल्लो २४ घण्टामा थप १९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेहरूमा ८७ महिला र १०३ पुरूष रहेकाे स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । चम्लागाईका अनुसार संक्रमित हुनेहरूमा दमकका ६४, विर्तामोड २२, गौरादह २, मेचीनगर २२, भद्रपुर ११, कनकाई १२, अर्जुनधारा Read More…
नेपालमा बिहिवार अहिलेसम्मकै धेरै ९ हजार ७० जनामा कोरोना पुष्टि
काठमाडौं, बैशाख २३ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएको यो संख्या हालसम्मकै उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो । यसै गरी पछिल्लो Read More…
भारतीय मजदुरकाे घर जाने क्रममा मेची पुलमा मृत्यु
झापा, बैशाख २३। झापाको मेचीनगरस्थित मेची पुलमा विहिबार एक भारतीय मजदुरकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भारतकाे उत्तर देशानपुर जिल्ला ठाकुरवाडाका २६ वर्षीय भुवन पुजारी रहेका छन्। उनी विगत २ बर्षदेखि नुवाकोट बिदुर नगरपालिका _३ बुटवलकाे प्लाई कम्पनी कार्यरत रहेका थिए । आज बिहान ६: ३० बजे मेची पुलमा आएका उनी जण्डीसको बिरामी भई रहेका इलाका Read More…
झापामा बुधबार थप १७८ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यू
झापा, बैशाख २२। झापामा बुधबार थप १७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साथै आज एकैदिन ६ जनाको मृत्यू भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार आज संक्रमित हुनेहरुमा ७९ महिला र ९९ पुरुष रहेका छन् । झापाको दमकमा ३२, विर्तामोड ४१, गौरादह ६, मेचीनगर १०, भद्रपुर ३४, कनकाई Read More…
देशभर पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि
काठमाडौं, बैशाख २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । बुधबार संक्रमण पुष्टि हुनेहरूमा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितको मृत्यु भएको Read More…
झापामा ४८ बर्षिय पुरुषको कोरोनाका कारण मृत्यु
झापा, बैशाख २२ । झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा आज विहान एक ४८ बर्षिय उप्रेती थरका पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । ४ दिनअगागि कोरोना संक्रमण देखिएपछि बिराटनगर उपचारका लागि लगिएकोमा उहाँको उपचारकै क्रममा विराटनगरमा आज विहान उपचारकै क्रममा मृत्यु भएको मृतकका छिमेकी तथा कनकाई नगरपालिकाका कर्मचारी हरि पौडयालले बताउँनुभयो । मृतक उप्रेती नयाँ Read More…
काँकरभिट्टकी ५७ बर्षिय महिलाको कोरोनाका कारण निधन
झापा,बैशाख २२ । झापाको मेचीनगर नगरपालिका वडानम्बर ६ काँकरभिट्टास्थित कोरोना संक्रमित महिलाको बुधबार विहान होम आइसोलेसनमा निधन भएको छ । संक्रमित लामो समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित रहेको वडा नम्बर ६ का अध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए । उनको उपचारको क्रममा बिएण्डसी अस्पतालमा एन्टिजिन पोजेटिभ देखिए पछि पिसीआर परीक्षणका लागि वैशाख १९ गते मेची अस्पतालमा Read More…
कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न तीनै तहको सरकारलाई युवा संघ झापाको आग्रह
झापा, बैशाख २१ । युवा संघ नेपाल जिल्ला कमिटी झापाले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आग्रह गरेको छ । भुसको आगो जसरी फैलिरहेको कोरोना संक्रमण रोक्न उचित स्वास्थ्य सामाग्रीको प्रबन्ध मिलाएर उद्धार कार्यमा जुट्न संघले सबैमा अपिलसमेत गरेको छ । संघका जिल्ला कमिटी अध्यक्ष राजु धिमाल र सचिव निकास पाण्डेद्वारा Read More…
झापामा आज थपिए १६२ जना कोरोना संक्रमित
झापा, बैशाख २१ । झापामा मंंगलबार थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ७० महिलासहित १६२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा ४ महिलासहित १३ जना, बिर्तामोडमा १८ महिलासहित ३८ जना, गौरादहमा ६ महिलासहित १२ जना, मेचीनगरमा ७ महिलासहित १७ जना, भद्रपुरमा १७ महिलासहित ३७ जना, Read More…






