काठमाडौं, भदौ २ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा पहिलोपटक यति धेरै संख्यामा कोरोना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ९ Read More…
स्वास्थ्य
विपन्नको उपचारमा सघाउन विपन्न जनहित कोष स्थापना
मेचीनगर, भदौ १। मेचीनगर–९ का अगुवा महिलाहरुले आर्थिक रुपमा विपन्न वर्गलाई लक्षित गरी विपन्न जनहित कोष स्थापना गरेका छन् । तीजमा गरिने खर्च रकम जोगाएर उक्त कोष स्थापना गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । त्यसक्रममा वितरित प्रेस विज्ञप्तिमा कोषले विपन्न वर्गलाई आकस्मिक रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने उल्लेख छ । सम्मेलनमा कोषको अवधारणा Read More…
इलामको करफोक क्वारेन्टाइनमा बसेका युवकको मृत्यु
इलाम, भदाै १ । भारतबाट आएर क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टिन बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । भारतको हैदराबादबाट आई साउन २६ गते देखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका पुरुषको मृत्यु भएको हो । उनको स्वास्थ्यमा समस्या भएपछि आईतबार बिहान Read More…
थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा स्रक्रमितको संख्या २६ हजार ६६० पुग्यो
काठमाडौं, साउन ३२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ पुगेको छ । डा. गौतमले होम Read More…
नेपाल प्रहरीका डिआईजीसहित ६ सय २० जनामा कोरोना संक्रमण
काठमाडौं, साउन ३२ । फ्रण्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण बढिरहेको छ । नेपाल प्रहरीका दुई जना डिआईजीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालका दुई जना डिआइजीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतले दुई जना प्राविधिकतर्फका डिआइजीमा पनि संक्रमण देखिएको जानकारी दिए । Read More…
नेपालका यी ५ जिल्लामा छैनन् एक जना पनि कोरोना संक्रमित
काठमाडौं, साउन ३१ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गई रहेको छ । संक्रमणबाट मृत्यू हुनेको संख्या पनि दिन प्रतिदिन बढ्ने क्रममा छ । तर नेपालको ७७ जिल्लामध्ये हाल ५ जिल्लामा कोरोना संक्रमित छैनन् । नेपालको ७७ जिल्लामध्ये संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस Read More…
नेपालमा २४ घण्टामा थपिए ४ सय ६८ संक्रमित, १२४ जना डिस्चार्ज
काठमाडौं, साउन ३१ । पालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर गरिएको पीसीआर परीक्षणमा ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । त्यस्तै Read More…
प्रदेश १ मा एकै दिन २२ सय बढीको कोरोना परीक्षण, हालसम्म १ हजार ७५ जना कोरोनामुक्त
विराटनगर, साउन ३० । प्रदेश १ मा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । आज एकै दिन २ हजार दुई सय पाँच जनाको कोरोना परीक्षण भएको छ । प्रदेश १ मा एकै दिन परीक्षण भएको यो अहिलेसम्मकै धेरै संख्या हो । आज प्रदेश १ मा ९५ जना कोरोना संक्रमित देखिएका छन् । आज ३५ जना Read More…
विश्वमा एकैदिन २ लाख ७१ हजार बढी संक्रमित थपिए
काठमाडौं, साउन ३० । कोरोनाको महामारीले शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड १० लाख ६८ हजार ९५७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा संक्रमितको संख्या २ करोड १० Read More…
प्रदेश १ सरकारले आइसोलेशन निर्माण तथा सञ्चालनका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट
विराटनगर, साउन २९ । प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको हो । स्थानीय तहहरुलाई प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ वटा Read More…








