काठमाडौं, बैशाख ६ । नेपालको दोस्रो कोरोना संक्रमित १९ वर्षीय प्रसिद्धि श्रेष्ठ उपचार पछि घर फकिएकी छिन् । उनी गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । भने उनलाई गत चैत १० गते कोरोना पोजेटिभ देखिएर काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी थिइन् । साथै उनी उपचारपछि शनिवार डिस्चार्ज भएर Read More…
स्वास्थ्य
सङ्क्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्दै प्रशासन
चितवान, बैशाख ६ । गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान शुरु गरेको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइँसँगै उनीहरु चैत ५ गते यहाँ आएका थिए । राप्ती नगरपालिका(८ का ती सङ्क्रमितको सम्पर्कमा आएकाको Read More…
प्रदेश १ मा १ हजार ९२ जनाको कोरोना परीक्षण
विराटनगर, बैशाख ५ । प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना परीक्षण भएको हो । जसमध्ये ५१ महिला र २ सय ४४ पुरुष गरी जम्मा २ सय ९५ जनाको नमूना नेगेटिभ Read More…
कोरोना त्रास: नेपालमा संक्रमितको संख्या ३०
काठमाडौं, बैशाख ५ । सरकारले एकै दिन आज नेपालमा १४ जना कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि गरेको छ । ‘आज एकै दिन १४ जना थपिए, जसमा उदयपुरका १२ र चितवनका दुई जना छन्’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । ‘स्वास्थ्य मन्त्रालयको कोभिड १९ वेव पेजमा पनि यो सूचना तपाईहरुले केही बेरमा पाउनु हुने छ Read More…
प्रदेश १ मा ८ सय २६ जनाको कोरोना परीक्षण
विराटनगर, बैशाख ४ । प्रदेश १ मा विहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी ८ सय २५ जनाको रिर्पोट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसिआर बाट Read More…
हल्दिवारीका युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि
झापा, बैशाख ४ । झापाको हल्दिवारीमा कोरोना संक्रमणको शंका गरिएका एक युवकको रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट गरिएको परीक्षणमा उनको एन्टिबडी पोजेटिभ देखिए पनि पिसिआर प्रविधिमा भने नेगेटिभ देखिएको हो । बुधबार हल्दिबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको थियो । युवकको स्वाब परीक्षणका लागि Read More…
प्रदेश १ मा ५ सय ५५ जनाको र्यापिड टेस्ट
विराटनगर, बैशाख ३ । प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण (पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ Read More…
कोरोना अपडेट : नेपालमा ११ सय ८२ जना रेड जोनमा, कति पुगे संक्रमित ?
काठमाडौं, बैशाख ३ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । जसमध्ये एकजना (पहिलो संक्रमित)उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन् भने बाँकी १५ जनाको चिकित्सकको विशेष निगरानीमा विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । हालसम्म पिसिआर र र्यापिड डाईग्नोस्टिग टेष्टबाट १५ हजार ८ सय परिक्षण भएको छ । जसमध्ये पिसिआरबाट ६८७१ जनाको परिक्षण Read More…
मेचीनगर–८ मा विदेशवाट आएका सबैको स्वास्थ्य जाँच, अवस्था सामान्य
झापा, चैत ३० । झापाको मेचीनगर–८ मा होम क्वारेन्टाइन रहेकालार्य आइतवार थर्मल गनबाट चेकजाँच गरिएको छ । मेचीनगर–८ मा फागुन अन्तिम देखि विदेशबाट आएका १७ जनालाई चेकजाँच गरिएको हो । उनिहरुको चेकजाँच गरिएपछि स्वास्थ्य अवस्था सन्तोषजनक रहेको पाइएको छ । भारत तथा तेस्रो मुलुकबाट नेपाल आएका १७ जनालाई १४ दिनको होम क्वारेन्टाइनमा वसेपछि आइतवार थर्मल Read More…
प्रदेश नम्बर १ मा र्यापिड डाइग्नोष्टिक टेष्ट शुरु
विराटनगर, चैत २९ । प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट पनि शुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३ नमूनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जानकारी दिएको छ । Read More…







