झापा, फागुन २५ । पूर्वोत्तर झापाको १५ शय्याकाे आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । जापान सरकारले ९८ लाख र मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँ अनुदान दिएपछि स्थानीय वीरेन्द्र खनाल, नरेन्द्र खनाल र पद्मा खनालले दिएकाे जग्गामा सो अस्पताल निर्माण भएको थियो । आम्दा नेपाल, मेचीनगर नगरपालिका र मेची Read More…
स्वास्थ्य
कोरोना भाइरस :‘अब नमस्कार गरौँ’
विराटनगर , फागुन २४ । स्वास्थ्य व्यवस्थापन महाशाखा काठमाडौंका निर्देशक भोजराज डोटेलले प्रदेश १ मा खटिने स्वास्थ्य प्राविधिक समितिका सदस्यलाई कोरोना भाइरसबाट बच्न नमस्कार गर्ने बानी विकास गर्न सुझाव दिएका छन्। चीनबाट फैलिएको यो भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेका बेला निर्देशक डोटेल सम्मिलित प्राविधिक त्रिभूषणप्रसाद साह र नरेन्द्र खनालको टोलीले प्रदेश १ मा स्वास्थ्यकर्मीलाई आवश्यक Read More…
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा
काठमाडौँ, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमवार साँझ ६: १५ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । उनलाई सो अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा.प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ चिकित्सकको निगरानीमा बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । प्रा.डा दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुनेछ ।
गृहलक्ष्मी सहकारीको रक्तदान
झापा, फागुन १० । धुलाबारीमा केन्द्रीय कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शनिबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । ११ औं वार्षिक उत्सवको अवसरमा सहकारी संस्थाको विर्तामोड सेवा केन्द्रको संयोजनमा दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग बिर्तामोड रेडक्रस शाखाले गरेको थियो । सहकारी संस्थाका Read More…
गृहलक्ष्मीको रक्तदान अाज
झापा, फागुन १० । मेचीनगर–९, धुलाबारी सिरानमा केन्द्रीय कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शनिवार विहान ११ बजेदेखि विर्तामोड स्थित माता मन्दिर परिसर मुक्ती चोकमा एक दिवशीय रक्तदान कार्यक्रम अायोजना गरेको छ । संस्थाले आफ्नो ११ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम अायोजना गरेको सहकारीका व्यवस्थापक सरोज मेहराले बताए । रक्तदान कार्यक्रममा Read More…
दादुरा रुबेला खोप अभियानमा सहभागी हुन नगरप्रमुखको नगरवासीमा आग्रह
झापा, फागुन १० । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले शनिबार (अाज)देखि शुरु हुने राष्ट्रिय खोप कार्यक्रम दादुरा रुबेला खोप अभियानमा सहभागी हुन आम नगरवासीमा आग्रह गर्नुभएको छ । शुक्रबार मेचीनगर नगरपालिका स्वास्थ्य शाखा, झापाले नगरपालिकाको सभाहलमा आयोजना गरेको नगरपालिका स्तरीय अभिमुखिकरण एवम् अन्तरक्रियामा बोल्दैं प्रमुख आचार्यले उक्त कुरा बताउनुभएको हो । खोप पाउनु हरेक वालवालिकाको Read More…
सानुकेर्खामा दुईदिने स्वास्थ्य शिविर सुरू
झापा, फागुन ७ । महाशिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा दुईदिने जनरल अोपीडी स्वास्थ्य तथा अाखा शिविर सुरू भएको छ । कमल-३ सानुकेर्खा स्थित श्री किराँतेश्वर शिवालय मन्दिर परिसरमा श्री नं. २१ बाहिनी नेपाली सेना अड्डाको अायोजनामा दुईदिने स्वास्थ्य शिविर अायोजना भएको हो । स्वास्थ्य शिविरको बुधवार (अाज) पहिलो दिन जनरल अोपीडी र विहिवार (भोली) Read More…
स्तन क्यान्सर जाँच्न बिर्तामोडमै भित्रियाे थ्री डी प्रविधि मेमोग्राम
झापा, फागुन ६ । झापाको बिर्तामोडमा एक महिनाअघि सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर रोग परीक्षण गर्ने थ्री डी अटोमेटिक मेमोग्राम मेसिन भित्र्याएकाे छ । विश्वको स्वास्थ्य क्षेत्रमा स्तन (ब्रेस्ट) क्यान्सर पत्त लगाउनका लागि अतिउपयोगी मानिएको मेमोग्राम पूर्वाञ्चल क्यान्सर अस्पतालले मंगलबारदेखि सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । अस्पताल परिसरमा मंगलबार आयोजित पत्रकार Read More…
अञ्चल अस्पतालका शौचालय दुर्गन्धित
झापा, फागुन ६। अस्पताल प्रशासन र विकास समितिले ध्यान नदिँदा मेची अञ्चल अस्पताल अत्यन्त दुर्गन्धित पाइएको छ । मंगलबार बिहान जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले गरेको अनुगमनमा अस्पतालका शौचालय तथा भित्री भाग अत्यन्त फोहोर भेटिएको थियो । पूर्ण सरसफाइ अभियानअन्तर्गत गरिएको अनुगमनमा अस्पतालका सबै शौचलाय दुर्गन्धित भेटिएको हो । अस्पताल प्रशासनले सरसफाइ Read More…
विद्यार्थी हुनु त यस्तो
झापा, माघ १८। आफूलाई शिक्षा दिने गुरु मिर्गौला रोगले थलिएपछि विद्यार्थीले तीन लाख तीन हजार २१५ सङकलन गरी प्रदान गरेका छन् । अर्जुनधारा नगरपालिका-५ फूलबारीका भानु माध्यमिक विद्यालयमा अध्ययनत पूर्वविद्यार्थीले विद्यालयका पूर्वप्रधानाध्यापक ताराप्रसाद सञ्जेललाई सो रकम प्रदान गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका मेची भन्सार कार्यालय झापाका प्रमुख कर अधिकृत ध्रुवराज विश्वकर्माले उनलाई सम्मानसहित नगद Read More…









