स्वास्थ्य

मेचीनगर १५ मा क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १५ मा क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाको आयोजनामा समुदायमा क्षयरोग विरुद्धको अभियान अन्तर्गत क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न गरेको हो । आज मेचीनगर १५ स्थित स्वास्थ्य चौकीमा सञ्चालन भएको क्षयरोगको जोखिम तथा संवाभित समुहमा शिघ्र निदानका लागि आयोजित शिविरमा ९३ जनाले स्वास्थ्य परिक्षण गरेका Read More…

राजनीति

कांग्रेस अब सङ्गठन निर्माणमा केन्द्रित हुन्छ : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब सङ्ठन निर्माणमा केन्द्रित हुने बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज बिपी प्रतिष्ठानद्वारा चन्द्रगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अब पाँच वर्षपछि सरकार बनाउने गरी सङ्गठन निर्माण र बिस्तारमा लाग्ने बताए। उनले आलोचनाका बीचमा नेकपा (माओवादी केन्द्र)लगायतका दलसँग गठबन्धन गरिएको भए पनि अहिले जोगाउन नसकिएको बताए। Read More…

संघ \संस्था

कर्मणी साकोषको छैटौं वार्षिक साधारण सभा सम्पन्न (तस्बिर सहित)

कमल । कमल ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सानो केर्खामा आयोजित साधारण सभाको उद्घाटन् जिल्ला बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र प्रसाद ओलीले गरे । कार्यक्रमको उद्घाटन् गर्दै प्रमुख अतिथि ओलीले सहकारीको सुचाङ्क राम्रो रहकोले बताउँदै आगामी दिनमा सदस्य केन्द्रित कार्यक्रमलाई Read More…

खेलकुद

कीर्तिमानी मूल्यमा साउदी क्लबमा अनुबन्ध भएपछि रोनाल्डोले भने – मेरो अनुभव एसियामा बाढ्नेछु

काठमाडौं । क्रिस्टियानो रोनाल्डो सन् २०२५ सम्मको लागि साउदी अरेबियन क्लब अल नासेरमा अनुबन्ध भएका छन् । पोर्चुगलका कप्तान रोनाल्डो नोभेम्बरमा विवादास्पद अन्तर्वातापछि म्यानचेस्टर युनाइटेड छाडेका थिए । त्यसपछि फ्रि एजेन्ड थिए । सम्झौतासँगै रोनाल्डो कीर्तिमानी मुल्यमा नासेर पुगेका हुन् । नासेरसँग रोनाल्डोले एक सय ७७ मिलियन पाउन्डमा अनुबन्ध भएका हुन् । ३७ वर्षीय रोनाल्डोले Read More…

स्वास्थ्य

हातखुट्टा नभएका ६० जनालाई निःशुल्क कृतिम हात खुट्टा वितरण गरिने

झापा । झापामा अपाङ्गता भएका मानिसहरूलाई कृतिम हात खुट्टा वितरण गरिने भएको छ। ब्राह्मण अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगरको संयोजनमा जिल्लाका ६० जना हातखुट्टा नभएका वा समस्या भएका मानिसहरूलाई निःशुल्क कृतिम हात खुट्टा वितरण गरिने भएको आयोजकले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हो । आगामी माघ २१ गते झापाको बाहुण्डाँगीमा स्वास्थ्य Read More…

संघ \संस्था

मेचीनगर : अस्तव्यस्त काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धी दोस्रो चरणको छलफल सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले अस्तव्यस्त काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धी दोस्रो चरणको छलफल सम्पन्न गरेको छ । काँकरभिट्टा बसपार्क सञ्चालन र व्यवस्थापनलाई चुस्त दुरुस्त पार्न आज शनिबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजकत्वमा नगरपालिका परिसरमा सरोकारवाला र सम्बन्धि पक्षसँग गम्भीर रूपमा छलफल गरिएको हो । नेपालको पूर्वी प्रवेशद्वारसँगै रहेको काँकरभिट्टा बसपार्क बढ्दो शहरीकरण र उच्च जनधनत्वोले Read More…

समाचार

निर्मला पन्त घटना : अनुसन्धानका लागि डिआइजीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता Read More…

विश्व

आगो लागिरहेको १२ तले भवनबाट हामफाल्नु अघि श्रीमती, छोरा र आफन्तलाई पठाए यस्तो भिडियो

काठमाडौं । कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटलमा बुधबार राति भएको भीषण आगलागीमा एक नेपालीको मृत्यु भएको छ । उक्त आगलागीमा जम्मा १९ जनाको मृत्यु भएको छ ।सो होटलको क्यासिनोमा एक नेपालीले पनि १२ तल्लाबाट हामफाल्दा ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा झापा बिर्तामोड १ का ४० वर्षका निराकार पाण्डेले रहेका छन् । उनले Read More…

खेलकुद

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपको उपाधि नेपाललाई

झापा । बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय विजी कराते च्याम्पियनसिप २०२२ को उपाधि नेपालले जितेको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका र मलेशियागरी सातवटा देशको सहभागितामा रहेको प्रतियोगितामा नेपाल प्रथम बनेको छ । गत डिसेम्वर २७ देखि २९ तारिखसम्म बंगलादेशमा आयोजना भएको अन्तर्राष्ट्रिय विजी कराते च्याम्पियनसिप २०२२ का लागि नेपालबाट करातेका रेफ्री बमबहादुर श्रेष्ठको कमाण्डमा अफिसियलसहित Read More…

धर्म संस्कृती

तमु ल्होसारमा जेष्ठ नागरिक सम्मानित

काँकभिट्टा । मेचीनगरका गुरुङ समुदायले शुक्रबार २६०७ औँ तमु ल्होसार पर्व विविध कार्यक्रम गरी मनाएका छन् । तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद मेचीनगरले ङाग्युर देछ्छेन छोलिङ गुम्बा मेचीनगर–७ मा आयोजना गरेको कार्यक्रमको उद्घाटन मेचीनगर नगर उपप्रमुख मीना पोखरेल उप्रेती र संविधान सभा सदस्य उषा गुरुङले संयुक्त गरेका थिए । आयोजक परिषद्का अध्यक्ष सुभास Read More…