संघ \संस्था

नदिजन्य पदार्थ उत्खनन, रकम असुली तथा ठेक्काको बिषयमा भएको दुर्व्यवहारको विरुद्ध मेचीनगरद्वारा प्रेस विज्ञप्ती

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन, रकम असुली तथा ठेक्कापट्टा सम्बन्धि नगरपालिका हाताभित्र भएको दुर्ववहारको विरुद्ध ध्यानाकर्षणसहित विज्ञप्ती निकालेको छ । नगरपालिकाले आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीको हस्ताक्षर सहित उक्त कार्यको विरुद्धमा विज्ञप्त् िनिकालेको हो । शुक्रबार मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीमाथि दुर्ववहार भएको छ । शुक्रबार Read More…

संघ \संस्था

थ्री-डी युथ ग्रुप मेचीनगरद्वारा विभिन्न व्यक्तित्व सम्मानित

मेचीनगर । मेचीनगरमा रहेको थ्री-डी युथ ग्रुपले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । थ्री-डीले आफ्नो संस्थाका सदस्यहरू जिल्ला तथा मेचीनगरका विभिन्न संघसंस्थाको नेतृत्व सम्हाल्न नेतृत्वदायी भूमिकामा निर्वाचित भएका डेनु मगर, भोजराज पराजुली, देबु बानियाँ र पवन बराईलीलाई आज एक कार्यक्रमका बिच सम्मान गरेको छ । थ्री-डीले सम्मान गरेका युवा नेतृत्वमा नेपाल पशुपंक्षी औंषधि व्यवसायी संघ Read More…

शिक्षा

आदर्श मावि मेचीनगरद्वारा उत्कृष्ट शिक्षक, अभिभावक र विद्यार्थी पुरस्कृत

मेचीनगर । मेचीनगर–८ स्थित आदर्श माविले वार्षिक उत्सवको अवसर पारेर उत्कृष्ट शिक्षक अभिभावक र विद्यार्थी पुरस्कृत गरेको छ । शुक्रबार वार्षिक समारोहका बीच वर्ष उत्कृष्ट शिक्षक, अभिभावक र २१ जना विद्यार्थीलाई नगद रु २ हजारदेखि १० हजारसम्मका पुरस्कार राशीबाट सम्मान गरेको छ । वर्ष उत्कृष्ट शिक्षक पुरस्कार विद्यालयका शिक्षक विष्णु गिरीलाई प्रदान गरिएको थियो । Read More…

शिक्षा

बालबालिकाको सहारा बन्दै सहारा साकोस

मेचीनगर । झापाको बिर्तामोड २ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मेचीनगरको दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री र जाडोको न्यानो कपडा (ट्याकट सुट) वितरण गरेको छ । आज शुक्रबार एक कार्यक्रमकाबिच साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, निर्देशक लक्ष्मण खतिवडा, उप–निर्देशक दिनेशबहादुर निरौला लगायतले विद्यार्थीलाई शैक्षिक सामाग्री Read More…

मनोरञ्जन

सर्वनाममा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह

काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन्‌ ।  ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो । महिला तथा बालबालिकामा हुने हिंसाको Read More…

संघ \संस्था

मेचीनगर-८ का जनप्रतिनिधिद्वारा पातालगंगा सरसफाइलाई निरन्तरता

मेचीनगर । मेचीनगर-८ का जनप्रतिनिधिले पुर्वको धार्मिक तथा पर्यटक स्थल पातालगंगा क्षेत्रमा सरसफाइ अभियानलाई निरन्तरता दिएका छन् । एक दशक अघिसम्म देशकै चर्चित बनभोज स्थलको रूपमा परिचित पातालगंगा अहिले ओझेलमा पर्न थालेको भन्दै त्यसलाई पुनः चलायमान बनाउन मेचीनगर-८ का जनप्रतिनिधि लागिपरेका हुन् । मेचीनगर-८ का वडा सदस्य तथा मेचीनगर सामाजिक समिति सदस्य बिष्णु भट्टराईको संयोजनमा मंसिर Read More…

खेलकुद

जोरसिमल कप २०८० : धुलाबारी र ब्रदर्श एफसी सेमिफाईनलमा प्रवेश

मेचीनगर । मेचीनगर ७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगितामा बिहिबार भएको खेलमा एनएफसी धुलाबारी र ब्रदर्श एफसी विजयी हुँदै सेमी फाइनलमा प्रवेश गरेको छ । विहिबार क्वाटरफाइन खेल अन्तर्गत पहिलो खेलमा एनएफसी धुलाबारीले तुर्केनी एफसीलाई पेनाल्टीमा हराएको छ । निर्धारित समयमा दुवै टिमबाट कुनैपनि गोल हुन नसक्दा खेल गोलरहित बराबरीमा टुङ्गीएपछि खेलको Read More…

संघ \संस्था

मेचीनगरमा इन्डक्सन चुल्हो वितरण सुरू

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विधुतिय खाना पकाउने (इन्डक्सन चुल्हो) वितरण कार्य बिहिवारदेखि सुरू भएको छ । इन्भाइरोमेन्ट प्रोडक्सन सेन्टर नेपाल (इपिसि)को सहयोगमा वितरण हुने उक्त अभियानको उद्घाटन आज एक कार्यक्रमका बिच संविधान सभा सदस्य रविन कोइरालाले गरेका हुन् । मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य कोइरालाले Read More…

खेलकुद

प्रथम जोरसिमल कप २०८० : धुलाबारी र तुर्केनी एफसी विजयी

मेचीनगर। मेचीनगर ७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा धुलाबारी र तुर्केनी एफसी विजयी भएका छन् । आजभएको पहिलो खेलमा एनएफसी धुलाबारीले ज्यामिरगढी एफसीलाई ५–० को फराकिलो गोल अन्तरले हराएको छ । धुलाबारीको जितमा आदित्य ढुङ्गेलले २ गोल, सेवन थापा मगरले २ र निरज कार्कीले १ गोल गरेका थिए । Read More…

संघ \संस्था

कर्मणी साकोसको ७औं वार्षिक साधारणसभा सम्पन्न

कमल । झापाको कमल गाउँपालिका ३ केर्खा स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्थाको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न संस्थाको वार्षिक साधारण सभाको उद्घाटन कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले गरेकी थिइन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष तिवारीले सोही अवसरमा संस्थाको नयाँ कार्यलय भवनको समेत रिबन Read More…