समाचार

दोहोरो झडपमा आठ प्रहरीसहित १५ को मृत्यु

एजेन्सी, चैत २८ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको चाद्र्रा जिल्लामा तालिबानी लडाकु र प्रहरीबीच भएको एक झडपमा परी १५ जनाको मृत्यु भएको छ । यस भिडन्तमा आठजना प्रहरी र सातजना तालिबानीको मृत्यु भएको प्रहरीले जनाएको छ । चाद्र्रा जिल्लाको सदरमुकामनजिकै रहेको प्रहरी जाँच चौकीमा तालिबान समूहले बिहीबार बिहान सबेरै गरेको आक्रमणपछि दोहोरो गोली हानाहान भएको Read More…

खेलकुद

वुमन्स च्याम्पियनसिप जेठ ३ देखि शुरु हुने

काठमाण्डौं, चैत २८ । क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना गर्न लागेको वुमन्स च्याम्पियन्स लिग टी—२० क्रिकेट प्रतियोगितामा जेठ पहिलो साताबाट शुरु हुने भएको छ । बिहीबार आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाद्रा जारी प्रेस विज्ञप्तीमा प्रतियोगिताको नयाँ मिति घोषणा गरिएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता जेठ ३ गते सञ्चालन Read More…

समाचार

सरकारले खारेज गर्‍यो पाँच वटै क्षेत्रीय प्रशासन कार्यालय

काठमाण्डौं, चैत २८ । सरकारले पहिलेको पाँच विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ । केही दिनअघिको मन्त्रिपरिषाद बैठकले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायलमा रहेको क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको हो । अब ती कार्यालयमा रहेका सबै सम्पत्ति सम्बन्धित प्रदेशको मुख्यमन्त्री कार्यालय मातहत जाने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका Read More…

समाचार

थपियो सार्वजनिक विदा, प्रदेशले दिएको विदामा संघ अन्तर्गतका कार्यालय पनि बन्द हुने

काठमाण्डौं, चैत २८ । प्रदेश सरकारले दिएको सार्वजनिक बिदामा अब संघ अन्तर्गतका कार्यालयमा पनि बिदा दिइने भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सो बारे जानकारी गराएका हुन् । प्रदेश सरकारले आफ्नो प्रदेशमा ६ दिन अतिरिक्त बिदा दिन सक्ने छन् । काठमाडौं Read More…

साहित्य

बैरागी काइँलालाई ‘राष्ट्रिय कलाश्री सम्मान २०७५’

काठमाण्डौं, चैत २८ । यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ नेपाल प्रज्ञा प्रतिष्ठनका पूर्व कुलपति वैरागी काइँलालाई प्रदान गरिने भएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र संगितका साधकलाई प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष उनलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले जानकारी दिइन् । सम्मानको Read More…

खेलकुद

१ नम्बर प्रदेशका महिला हक्की खेलाडी बिदाई

झापा, चैत २८ । झापा जिल्लाबाट १ नम्बर प्रदेशको प्रतिनिधित्व गर्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ मा सहभागी हुन जाने महिला हक्की खेलाडीलाई काँकरभिट्टामा बिहिबार एक कार्यक्रम बिच बिदाई गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मेची भन्सार प्रमुख टेकबहादुर अर्याल, विशेष अतिथि मेचीनगर वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङ्गलगायतले सहभागी खेलाडीलाई उच्च मनोवलका साथ Read More…