बाहुण्डाँगी माघ, ६ । बिराटनगर जुनियर जेसिज को अध्यक्ष मा जिना शर्मा निर्बिरोध निर्वाचित भएकि छिन । बिराटनगर जेसिज को सभा हल मा सम्पन्न निर्वाचन प्रक्रियाबाट २६ औ अध्यक्षका रुपमा शर्मा निर्वाचित भएकि हुन । त्यस्तै तालिम संयोजकमा बिकल्प न्यौपाने ,कार्यकारिणी उपाध्यक्ष मा आयुशा खतिवडा र मुकेश यादब, उपाध्यक्षमा दिप्शन राइ ,हेनरिका ढकाल अमन मण्डल निर्वाचित भए भने जन सम्पर्क अधिकारीमा सुगम बुढाथोकी निर्बिरोध भएको घोषणा निर्वाचन अधिकृत दिपा ओडारि ले गरेकि थिइन ।

नव निर्वाचित अध्यक्ष ले कानुनि सल्लाहकार मा प्रिन्स पौडेल ,महासचिब मा रितेश मैनालि कोषाध्यक्षमा गौरब कर्ण, सह सचिबमा प्रतीक्षा न्यौपानेलाइ नियुक्त गर्दै आफ्नो बोर्ड लाइ पुर्णता दिएकि थिइन ।
कार्यक्रम मा बोल्दै वर्ष द्दण्द्दण् का अध्यक्ष अङ्कित थापा ले नव निर्वाचित बोर्ड लाइ शुभकामना दिदै आफ्नो कार्यकाल मा पुरा हुन नसकेका काम हरु बर्ष द्दण्द्दज्ञ ले पुरा गर्ने बिश्वास ब्यक्त गरेका थिए ।
सस्थापक अध्यक्ष सन्देश दास श्रेष्ठ ले लामो यात्रा तय गरेको जुनियर जेसिज लाइ नया उचाइ दिन नव निर्वाचित अध्यक्ष जिना सक्षम रहने कुरा मा आफु बिश्वस्त रहेको र आफ्नो साथ सदैब रहने भन्दै शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा बिराटनगर जुनियर जेसिजका सस्थापक अध्यक्ष सन्देशदास श्रेष्ठ ,बिराटनगर जेसिज का तालिम संयोजक अभिनास थापा , कार्यकारिणी उपाध्यक्ष पंकज सापकोटा , उपाध्यक्ष सुभाष भण्डारी , जुनियर जेसिज संयोजक मिलाप कर्ण , जुनियर जेसिज का पुर्व अध्यक्ष रमित श्रेष्ठ ,सनराइज चौधरि लगायत को उपस्थित रहेको थियो ।

