इलाम । इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन् । यहाँ उत्पादित सुन्तला खरिदका लागि छिमेकी मुलुक भारतीय र झापाका व्यापारी कृषकका बारीमा पुग्ने गरेका छन् । तर बाह्य आयातित सुन्तला सलकपुरको सुन्तला भन्दै व्यापारीले बेच्ने गर्दा त्यसको प्रत्यक्ष मार कृषक तथा खरिद गर्ने व्यापारीलाई परेको छ ।

इलामको रोङ गाउँपालिका–६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी गर्ने गरेका छन् । यहाँ उत्पादित सुन्तला खरिदका लागि भारतीय र झापाका व्यापारी कृषकको बारीमा पुग्ने गरेका छन् । जसका कारण व्यवसायीक खेती गर्ने बढेका छन् । त्यस्तै सुन्तलामा लाग्ने रोग नियन्त्रण, जैविक मल बनाउने र सुन्तला हुर्काउने प्रविधिकाबारेमा तालिम सञ्चालन गर्न सरकार अग्रसर भए उत्पादन बढ्ने अपेक्षा स्थानीयको छ । तर बाह्य आयातित सुन्तला सलकपुरको सुन्तला भन्दै व्यापारीले बेच्ने गर्दा त्यसको प्रत्यक्ष मार कृषक, स्थानीय व्यापारी तथा उपभोक्तालाई परेको सलकपुरका स्थानीय सुन्तला किसान मदन बिमली बताउँछन् ।

ंसलकपुरको सुन्तला रसिलो, बढी केस्रा भएको र पातलो ब्रोका भएका कारण उपभोक्ताको माग अत्याधिक धेरै रहेको व्यापारी बताउंछन् । तर बाह्य आयतित सुन्तलालाई सलकपुरको भन्दै केहि ब्यापारीले बेच्ने गरेका छन् । जसको असर उपभोक्ता, कृषक तथा व्यापारीलाई पर्न गएको स्थानीय कृषक तथा व्यापारी विकास प्रधान बताउँछन् ।

इलामका विभिन्न स्थानमा ३६० हेक्टर बढी जमिनमा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ । रोङ ६ का वडाध्यक्ष सत्यम राईले विगतमा रोगका कारण धेरै सुन्तला खेती नष्ट भएपछि हाल नयाँ खेती विस्तार गर्ने काम भइरहेको जानकारी दिए । यसअघि सलकपुरमा हुँदै आएको सुन्तला खेती कुवापानी र जौबारी क्षेत्रमा विस्तार हुन थालेको उनको भनाइ छ । तर ब्राण्ड बनिसकेको यहां उत्पादित सुन्तला भन्दै अन्यन्त्रबाट ल्याइएका सुन्तला बिक्रि गरिंदा सबैलाई असर पुगेको वडाध्यक्ष राईको तर्क छ ।
सुन्तला, अलैँची, अकबरे, अम्लिसो, महलगायतका कृषिजन्य सामग्री उत्पादनले प्रसिद्ध सलकपुरमा विभिन्न ठाउँबाट त्यसैको अध्ययनका लागि पनि पर्यटक आउने गरेको छन् । नासिंदै गएको सुन्तला खेती बिस्तार गर्दै छुट्टै पहिचान बनाएको सलकपुरको उत्पादित सुन्तलाको गुणस्तरमा समेत ध्यान दिन आवश्यक छ ।

