अन्य

वडामा गएर चुनाव लड्न तयार छुः वरिष्ठ नेता पौडेल

माघ २९ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु वडा स्तरबाटै प्रतिनिधि बन्न तयार रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितनव शाखाले भरतपुर विमानस्थलमा आज (मंगलबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले यस्तो बताउनुभएको हो ।

व्यक्तिगत रुपमा आफु महासमिति बैठकको म्यान्डेट बाट दायाबायाँ नगरेको स्पष्ट पार्दै पौडेल भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रतिनिधि छनौटको विधिबारे केन्द्रीय समितिमा बहस जारी रहेकाले हतारमा निष्कर्ष निकाल्नु गलत हुने तर्क गर्नुभयो । केन्द्रीय समितिमा प्रतिनिधि छनौटको विधिलाई लिएर पक्ष विपक्षमा तर्क वितर्क भएको स्वीकार गर्दै पौडेलले छिटै नै ठोस धारणा आउने विश्वास व्यक्त गर्नुभयो ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले जिम्मेवारी पुरा गर्न नसकेर दिएको राजीनामालाई मुद्धा नबनाउन उहाँले असन्टुष्ट पक्षलाई आग्रह गर्नुभयो । संगठनको विधानअनुसार अव छिट्टै नै नेविसंघको रिक्तता पुरा गरिने भन्दै उहाँले अनावश्यक विवाद गर्न आवश्यक नरहेको उल्लेख गर्नुभयो । विगतका दिनमा प्रदान गरिएका मनोनयन पत्रको वैधानिकता केन्द्रीय अध्यक्ष महरको राजीनामा संगै सकिएको पौडेलको भनाई छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *