शिक्षा

प्याब्सनको अध्यक्षमा पुरी सर्वसम्मत

काठमाण्डौ / नीजि तथा आवासीय विद्यालय संगठन प्याब्सनको अध्यक्षमा टीकाराम पुरी सर्वसम्मत चयन हुनुभएको छ ।

विधान संशोधन गरी अध्यक्षका प्रत्यासी डीके ढुंगानालाई सहअध्यक्ष बनाउने सहमतिपछि पुरी नेतृत्वमा प्याब्सनको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । विधान संशोधन गरेर डीके ढुंगानालाई सह अध्यक्ष बनाउने सहमति भएको नव निर्वाचित उपाध्यक्ष टीकाराम ढकालले जानकारी दिनुभयो ।

यस्तै अर्को कार्यकालको अध्यक्षमा ढुंगानालाई निर्विरोध अध्यक्षको पद दिने सहमति भएको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ , उपाध्यक्षमा टीआर ढकाल, ईश्वर गुरुङ, दीपिका थापा, टंक भट्टराई , कृष्ण अधिकारी, भरतबाबु कंडेल, गोपाल आचार्य निर्वाचित भएका छन् ।

महासचिवमा कुमार घिमिरे, उप महासचिवमा आरबी कटुवाल, किशोर गौतम र कोषाध्यक्षमा सन्तोषमणी न्यौपाने चयन भएका छन् । विधान संशोधनपछि नया“ कार्यसमिति एक सय १९ सदस्यीय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *