खेलकुद शिक्षा

विदुर ईङ्गलिस वोर्डिङ्ग हाईस्कुलले गर्‍यो जुडो खेलाडीलाई सम्मान

झापा / विदुर ईङ्गलिस वोर्डिङ्ग हाईस्कुल भद्रपुरले आफ्नो विद्यालयमा अध्ययानरत १.न. प्रदेश स्तरिय जुडो खेल प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई एक कार्यक्रम बिच सम्मान गरेको छ

आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ अन्तर्गत जुडो विधाको प्रदेश स्तरिय छनौट प्रतियोगितामा विदुर ईङ्गलिस वोर्डिङ्ग हाईस्कुलमा कक्षा दशमा अध्ययनरत छात्रा श्रेया मगर ५७ केजी तौल समुहमा प्रथम स्थान हासिल गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेकी छिन् ।

त्यसै गरेर सोही विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रा आशा खड्काले ५२ केजी तौल समुहमा तेस्रो स्थान हासिल गरेकी थिईन । प्रथम र तृतिय स्थान हासिल गर्ने दुबै खेलाडीलाई विद्यालय परिवार तथा अभिभावक संघले शुभकामना सहित सम्मान गरेको छ ।

विद्यालय परिसरमा आयोजना भएको शुभकामना तथा सम्मान कार्यक्रममा प्रिन्सीपल मीनादेवी भट्टराई, विद्यालय अभिभावक संघका अध्यक्ष गोपाल लिम्बु, विद्यालयका खेलकुद प्रशिक्षक गंगा बहादुर खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *