शिक्षा

लक्ष्मी क्याम्पस कचनकवलमा अखिलको सरसफाई कार्यक्रम

झापा / कचनकवल गाँउपालिका ६ स्थित लक्ष्मी क्याम्पसका अनेरास्ववियु र अखिल क्रान्तीकारी विद्याथी संगठनले क्याम्पस परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

अखिल क्रान्तीकारीका केन्द्रीय सदस्य भक्त विश्वकर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कचनकवल गाँउपालिका वार्ड न. ६ का वडा अध्यक्ष कुल बहादुर कार्कीको विशेष आतिथ्यता रहेको थियो ।

अनेरास्ववियु क्याम्पस बिशेस जिल्ला कमिटी झापाका अध्यक्ष मनोज ताम्ली, भुगोल जिल्ला कमिटी झापाका सचिव रोशन लामा, कचनकवल गाँउपालिका नेकपा नेता तेजेन्द्र मैनाली, किरण लिम्बुलगायतको आतिथ्यता रहेको थियो ।

सरसफाई संगै उक्त कार्यक्रममा फोहोर ब्यवस्थापनका लागि आवश्यक डस्मिन वितरण गरिएको छ । कार्यक्रममा क्यम्पसमा अध्यनरत विद्यार्थीहरुको बाक्लो सहभागिता थियो ।

साम्नी लिम्बुको अध्यक्षतामा आयोजीत कार्यक्रममा स्वागत सलिना गुरुङ्ग र सञ्चालन उमेश मिश्रले गरेका थिए ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *