शिक्षा

एसइई परीक्षा आजबाट

युवराज आचार्य

झापा / अक्षराङ्कन प्रणाली कार्यान्वयन र प्रदेशस्तरबाट प्रश्नपत्र सोध्न थालिएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परिक्षा आजबाट सुरु हुदैछ ।

यस वर्षको परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् ।

विद्यार्थी संगै विभिन्न सेलीब्रेटी, सांमसदलगायतले आजबाट सुरु हुदै गरेकोे एसइई लेख्दै गरेको परिक्षा नियन्त्रया कार्यालयले जानकारी दियो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । आज बाट सञ्चालन हुने यस वर्षको एसइई परीक्षा चैत २१ गतेसम्म देशभर एकैसाथ हुँदैछ ।

संविधानले माध्यमिक शिक्षासम्मको सञ्चालन र व्यवस्थापनको अधिकार स्थानीय तहमा दिइएकाले पनि परीक्षा व्यवस्थापन क्रमशः सङ्घीय संरचनामा जान थालेको हो ।

विगतमा यो परीक्षालाई ‘फलामे ढोका’ को सङ्ज्ञा दिने गरिएकाले यसका नाममा एक प्रकारको हाउगुजी थियो । यसरी हाउगुजी सिर्जना गर्दा विद्यार्थीले जानेको विषयमा समेत सन्तोजनक उत्तर दिन नसक्ने अवस्था थियो । तर अहिले अक्षराङ्कन प्रणाली कार्यान्वयन संगै यस्तो समस्या नरहेको भन्दै सम्पुर्ण एसइईमा सहभागी परिक्षार्र्थीलाई नअताली, नडराई सोवार्धपुर्ण वातावरणमा परिक्षा दिन परिक्षा नियन्त्रण कार्यालयले आग्रह गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सातै प्रदेशमा कार्यालय खोली परीक्षा सञ्चालन गर्ने योजना लिए पनि एसइईका लागि विगतको परीक्षा नियन्त्रण कार्यालयकै संरचनामा व्यवस्थान गरिरहेको छ । यस वर्षबाट परीक्षाको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *