समाचार

त्रिशूलीमा बस खस्दा ५ को मृत्यु, २९ घाइते

धादिङ, जेष्ठ ५ । झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ बन्छेटारको वडा नम्बर ६ को आदमघाटमा आज बिहान दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । भने दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए । घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *