समाचार

संसदमा गृहमन्त्रीले भने-मिक्लाजुङ हत्यामा संलग्नको खोजी जारी छ

काठमाण्डौं, जेष्ठ ८ । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको मिक्लाजुङमा भएको विभत्स हत्यामा संलग्नहरुको खोजी भइरहेको र अनुसन्धान चलिरहेको जानकारी दिएका छन् ।
संघीय संसदको राष्ट्रियसभामा विषेश समय लिएर बोल्दै मन्त्री थापाले २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको सुचना आएको छ ।
मन्त्री थापाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र प्रदेश प्रहरीका कार्यलालयले अनुसन्धानको काम गरिरहेको पनि गृहमन्त्रीले बताए ।
मन्त्री थापाले भने,‘मृतक १० जनाको शव पोष्टमार्टमका लागि विपी स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा राखिएको र घटनामा परी घाइते भएकी बालिकाको दमकमा उपचार भइरहेको छ ।’
‘आत्महत्या गरेको व्यक्तिको साथबाट एउटा खुकुरी समेत बरामद भएको छ,’ गृहमन्त्रीले भने, ‘ सरकारले अनुसन्धान गर्न निर्देशन दिइसकेको छ ।’ खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *