संघ \संस्था

कालिका जेसीजको दोस्रो अध्यक्ष सन्देश रेग्मी

बाहुण्डाँगी, २३ पुस । कालिका जेसीज वर्ष २०२१ को शाखा अध्यक्षमा सन्देश रेग्मी सर्वसम्वत निर्वाचित हुनु भएको छ । हालै सम्पन्न शाखाको पहिलो शाखा अधिवेशनले रेग्मीलाई अध्यक्षमा निर्वाचित गरेको हो । रेग्मी शाखाको दोस्रो अध्यक्ष बन्न सफल हुनु भएको छ ।
गत वर्ष हेटौडामा भएको नेपाल जेसीजको चौथो बोर्ड बैठकले प्रस्तावित शाखाको रुपमा स्वीकृत गरेको कालिका जेसीजले रत्ननगर महाधिवेशनमा पूर्णता पाएको थियो भने २०२० मा सम्पन्न भलबारी जेसीजबाट पूर्ण स्वीकृत भएको थियो । यस क्षेत्रका युवाहरुलाई गोलबन्द गराई संस्थापक अध्यक्ष नगेन्द्र तिम्सिनाको नेतृत्व शाखाको स्थापना भएको थियो ।


अधिवेशनले शाखाको कार्यकारीणी उपाध्यक्षमा मेनुका थापा र सरोज गुरुङ, उपाध्यक्षहरुमा निरञ्जन सापकोटा, समुन्द्र भट्टराई, आर्जु ढुङ्गाना र प्रेम भट्टराई निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष रेग्मीले महासचिवमा अमृत अंगाइ, कोषाध्यक्षमा कृष्ण पोडेल, कानुनी सल्लाहकारमा विरेन्द्र तिम्ल्सििनालाई मनोनित गरेका छन् ।