विविध

मेचीनगरलाई ध्यानाकर्षण गर्दै रेलवे प्रभावित तथा मुअब्जा समन्वय समितिको प्रेस विज्ञप्ति

मेचीनगर, माघ ६ । रेलवे प्रभावित तथा मुअब्जा समन्वय समिति मेचीनगर–७ ले स्थानिय सरकारसंग उचित व्यवस्थापन गरि दिन भनि ध्यानाकर्षण पत्र सहितको प्रेस विज्ञप्ति निकालेको छ । समन्वय समितिले मंगलबार रेलवे प्रभावित तथा मुअब्जा समन्वय समिति मेचीनगर–७ का अध्यक्ष गणेशप्रसाद मैनालीले हस्ताक्षर सहितको प्रेस विज्ञप्ति निकालेको हो ।

समन्वय समितिको प्रेस विज्ञप्ति भनिएको छ, देशको दिर्घकालिन महत्वका साथ हेरिएको पुर्वपश्चिम रेलमार्ग निर्माणको काम अगाडी बढ्नु सकरात्मक हो । तर रेलमार्ग निर्माण गर्दै गर्दा रेलमार्गमा पर्ने जग्गा र घरको उचित व्यवस्थापन गर्नु पर्दछ । उचित व्यवस्थापन हुन सकेन भने यस क्षेत्रका हजारौं मानिसहरु घरबार बिहिन हुने देखिन्छ ।

त्यसलाई हल गर्न स्थानिय सरकारको महत्वपूर्ण भूमिका रहने हुँदा मेचीनगर क्षेत्रको समस्या समाधान गर्ने दायित्व मेचीनगर नगरपालिकाको रहेको र त्यो बहन गर्नु पर्ने समन्वय समिति अध्यक्ष गणेशप्रसाद मैनालीले बताए । उनले भने रेलमार्ग निर्माण हुदै गर्दा मेचीनगर–७ मा पर्ने घर जग्गाको उचित मुअब्जा वितरण हुन सकेन भने प्रभावित स्थानियहरुले अन्यत्र बसोबास गर्न र जग्गा खरिद गर्न समेत नसक्ने भएको हुँदा उनिहरुको बिचल्लि हुने भन्दै मेचीनगरले त्यसको समन्वय गरी सहि व्यवस्थापन गर्नु पर्ने बताए ।

यस्तो छ रेलवे प्रभावित तथा मुअब्जा समन्वय समितिका प्रेस विज्ञप्ति