संघ \संस्था

जनकपुर जेसीजमा मनोज शाहद्धारा पदभार ग्रहण

बाहुण्डाँगी २० माघ । जनकपुर जेसीजको नयाँ कार्यसमितिको पदस्थापन तथा सपथग्रहन कार्यक्रम समपन्न भएको छ । शनिवार साँझ एक विशेष कार्यक्रमका बिच जनकपुर जेसिजका २०२० अध्यक्ष जेसी गौतम साहले नव निर्वाचित २०२१ अध्यक्ष मनोज साहलाई जेसीजको माला लगाएर अध्यक्षको आसनमा बसाएर पद हस्तान्तरण गरेका छन् ।
जेसी गौतम जेसीज २०२१ को राष्ट्रिय उपाध्यक्षमा समेत निर्वाचित भएका छन् । जेसीज २०२१ का अध्यक्ष सहित उपाध्यक्ष लगायत सम्पुर्ण कार्यसमितिको सपथ ग्रहन तथा पद हस्तान्तरण कार्यक्रम समपन्न हुनुका साथै जेसीजको नयाँ सचिवालयको समेत समुदघाटन गरिएको छ । नेपाल जेसीजका अध्यक्ष अरुणेश्वर खनालको प्रमुख आतिथ्यता तथा विशेष अतिथि प्रदेश २ सरकारका मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सांसद परमेश्वर साह, राम सरोज यादव, सुरिता साह, नेपाल जेसीज २०२१ का राष्टिय अध्यक्षका प्रथम महिला प्रमिला सुवेदीसहित जेसीजका पुर्व अध्यक्षहरु, केन्द्रिय वर्तमान तथा पुर्व पदाधिकारीहरु सहितको उपस्थिती थियो ।