स्वास्थ्य

शल्यकृयाका लागि अध्यक्ष पाठक अस्पताल भर्ना

झापा, जेठ १७ । नेकपा एमालेका झापा अध्यक्ष चिन्तन पाठक बिर्तामोडस्थित विएण्डसी अस्पतालमा भर्ना भएका छन् । किड्नीमा समस्या आएपछि उनी शल्यकृयाका लागि अस्पताल भर्ना भएका हुन् ।

पाठकको किड्नीमा ४.९ एमएमको स्टोन देखा परेको चिकित्सकले बताएपछि शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । पाठकको शल्यक्रिया आज राति गर्ने बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार किड्नीमा समस्या देखिएपछि एक सातादेखि घर बस्दै आएका पाठकको दुखाई बढेपछि अपरेशनका लागि अस्पताल भर्ना गरिएको बताइएको छ ।