राजनीति

मेचीनगर कांग्रेस सहसचिवमा युवा नेता भट्टराईको उम्मेद्वारी

मेचीनगर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत नगर अधिबेसन तर्फ मेचिनगरको नगर सहसचिब पदमा लोकप्रीय युवा नेता विजय भट्टराईले आफ्नो उम्मेदवारी दिएका छन् ।

जन्मजातै कांग्रेसमा आवद्व उनी विद्यार्थी जीवनदेखि कांग्रेसमा सक्रिय छन् । उनी सहिदका छोरा समेत हुन् ।

मेचीनगर–१० निवासी उनका बुबा विष्णुप्रसाद भट्टराई २०६२÷६३ को जनआन्दोलनमा सहिद भएका थिए । मेचीनगरको सात दलले विष्णुप्रसादलाई सहिद घोषणा गरेको थियो ।

विष्णुप्रसाद आन्दोलनका बेला अग्रमोर्चामा खटिएका थिए । ७ दलको चारआलीदेखि काँकरभिट्टासम्म साइकल र्याली हुँदा त्यसमा सहभागी उनको धुलाबारीमा अचानक ह्रदयघात भएर निधन भएको थियो ।

कांग्रेसको १२ औँ महाधिवेशनदेखि क्रियाशिल सदस्यता रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत उम्मेद्वारी घोषणा गरेका छन् ।

संगठनको हित, संगठन बिस्तार र संगठन मजबुत बनाउदै नयाँ ढाचाबाट पार्टीलाई अघि बढ्नका लागि मेरो पूर्ण योगदान रहने उनले बताए ।