समाचार

झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९०, पुरुष भन्दा महिला बढी

झापा । झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९० पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार झापामा ४ लाख ७७ हजार ४९६ र महिला ५ लाख १६ हजार ५९४ रहेका छन् । 

जिल्लाको जनसङ्ख्या पुरुष भन्दा ३९ हजार ९८ ले महिला बढी रहेको छ । देशभर सबैभन्दा धेरै जनसङ्ख्या भएका झापासहित काठमाडौँ, मोरङ, रुपन्देही, सुनसरी रहेका छन् । २०६८ को जनगणना अनुसार झापामा  ८ लाख १२ हजार ६५० जनसङ्ख्या थियो ।