संघ \संस्था

वीरता जेसीजद्वारा गोल्डकप हेर्न गएका महिलालाई रंगशालामै सम्मान

बाहुण्डाँगी । मंगलवार विर्तामोडस्थित डोमालाल रंगशालामा फरक दृष्य देखियो । फुटबल हेर्न आउनृे दर्शक मध्ये महिलाहरुलाई प्रवेशद्धारमा खदा लगाएर सम्मान गर्दै गेटभित्र प्रवेश गराउने एउटा टोली थियो । एकपछि अर्काे लाइनबद्ध आएका हरेक महिलाहरुलाई सम्मान गर्दै गेट प्रवेश गराउने लहर करिब १ घण्टा चल्यो । त्यो सम्मान गर्ने परिपाटीको नेतृत्व गरेको थियो विरता जेसीजले । एकातिर गोल्डकपमा आउने महिला दर्शकलाई निशुल्क प्रवेश थियो भने अर्कातिर गेटमै सम्मान ।


११२ औं अन्तराष्ट्रिय नारी दिवसको सन्र्दभमा झापा गोल्डकप आयोजक समितिले फुटबल हेर्न निशुल्क व्यवस्था गरेको थियो भने विरता जेसीजले गेटमा सम्मानको कार्यक्रम राखेको थियो । जसको नेतृत्व शाखाका अध्यक्ष प्रविन भण्डारीले गर्नु भएको थियो भनेसँगै शाखाका पूर्व अध्यक्ष, नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष तथा झापा गोल्डकपका अधयक्ष विनोद बस्नेत सहभागि रहनु भएको थियो । झापा गोल्डकपमा सुरुवातीका दिनदेखि सहयोगी संस्थाको रुपमा रहेको वीरता जेसीजले मंगलवार पाँच सयभन्दा धेरै महिलालाई सामूहिक रुपमा सम्मान गरेको छ ।

गोल्डकपको मनिटरिङको जिम्मेवारी निर्वाह गरिरहेको जेसीजले नारी दिवसको अवसरमा फुटबल हेर्न आएका महिलालाई खदा ओडाएर सम्मान गरिएको अध्यक्ष प्रविन खड्काले बताए । विभिन्न क्षेत्रबाट खेल हेर्न पुगेका महिलालाई सम्मान गर्दै हौसला प्रदान गरेको बताइएको छ ।

सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पाँचौं झापा गोल्डकपमा सहभागि भएका महिलाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा वीरता जेसीज, पूर्वेली युवा क्लब र वीरता लेडी जेसीजको पदाधिकारीहरुको सहभागिता रहेको थियो । सोही अवसरमा झापा गोल्डकपद्वारा अखिल नेपाल महिला फुटबल संघकी अध्यक्ष विन्द्रा देवानलाई नगद ११ हजारसहित सम्मान गरिएको थियो । वीरता जेसीजकी प्रथम महिला प्रतिक्षा खड्काले उनलाई नगदसहित सम्मान पत्र प्रदान गरेकी थिइन् । उक्त पुरस्कारको राशि वीरता जेसीजले प्रदान गरेको ११२ औं अन्तराष्ट्रिय नारी दिवसको सन्र्दभमा वीरता जेसीजले पाँच सयभन्दा धेरै महिलालाई सामूहिक रुपमा सम्मान गरेको छ ।

झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा जारी गोल्डकपको अवसरमा आज महिलालाई निःशुल्क रुपमा खेल हेर्ने अवसर जुराएको थियो । सोही अवसरमा जेसीजले महिलालाई सामूहिक रुपमा सम्मान गरेको वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले जानकारी दिए ।

गोल्डकपको मनिटरिङको जिम्मेवारी निर्वाह गरिरहेको जेसीजले नारी दिवसको अवसरमा फुटबल हेर्न आएका महिलालाई खदा ओडाएर सम्मान गरिएको अध्यक्ष प्रविन खड्काले बताए । झापा गोल्डकपका अध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष विनोद बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट खेल हेर्न पुगेका महिलालाई सम्मान गर्दै हौसला प्रदान गरेको बताइएको छ ।

सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पाँचौं झापा गोल्डकपमा सहभागि भएका महिलाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा वीरता जेसीज, पूर्वेली युवा क्लब र वीरता लेडी जेसीजको पदाधिकारीहरुको सहभागिता रहेको थियो । सोही अवसरमा झापा गोल्डकपद्वारा अखिल नेपाल महिला फुटबल संघकी अध्यक्ष विन्द्रा देवानलाई नगद ११ हजारसहित सम्मान गरिएको थियो । वीरता जेसीजकी प्रथम महिला प्रतिक्षा खड्काले उनलाई नगदसहित सम्मान पत्र प्रदान गरेकी थिइन् । उक्त पुरस्कारको राशि वीरता जेसीजले प्रदान गरेको महासचिव टिकाराम भट्टराईले बताउनु भयो ।
(सहयोग पूर्वान्चल)