संघ \संस्था

बाहुण्डाँगी जेसीज बर्ष २०२३ को अध्यक्षमा केवल निरौला

मेचीनगर । बाहुण्डाँगी जेसीज बर्ष २०२३ को अध्यक्षमा केवल निरौला सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न १२ अ‍ौं वार्षिक साधारण सभाबाट बाहुण्डाँगी जेसीज बर्ष २०२३ का लागि निरौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सामुल राय, सुस्मिता खतिवडा, उपाध्यक्षमा केदार सुनुवार, सागर भारती, बिदात गिरी, चित्र बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका बाहुण्डाँगी जेसीज बर्ष २०२२ अध्यक्ष हेमन्त मोक्तानले जानकारी दिए ।