मनोरञ्जन

हरिवंश, प्रियंका र सरोजको ‘ए केटा मादलु पड्का’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आफ्नै शब्द, संगीत र स्वरमा रमाइलो शैलीको ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

यो गीतको भिडियोमा हरिवंशसँगै अभिनेत्री प्रियंका कार्की र गायक तथा निर्देशक सरोज ओलीले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो निर्देशन गम्भीर विष्टले गरेका छन् । अहिले यो गीत चर्चामा रहेको छ ।