मनोरञ्जन

धुलाबारी महोत्सवमा आज प्रमोद खरेल आउँदै

मेचीनगर । आज धुलाबारी महोत्सवमा चर्चित गायक प्रमोद खरेल आउने भएको छन् ।

मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १६ औँ दिन नेपाली सांगितिक क्षेत्रका चर्चित गायक खरेलल शनिबार साँझ दर्शकलाई भरपुर मनोरञ्जन दिने भएका छन् ।

उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छन् । जव तिमीले, अलग भो बाटो, यो धतृिमा, तप तप आँशु लगायत आधा दर्जन गीतहरु गाउने भएको मेची चेम्बर अफ कमर्सका महासचिव प्रकाश खड्काले जानकारी दिए ।

विद्यार्थीहरुको परीक्षा र दशैँ सकिए लगत्तै महोत्सवमा भिड बढ्न थालेको आयाजकको भनाई छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहेको छ ।

यसअघि महोत्सवमा गायिका एलिना चौहान, गायक महेश काफ्ले लगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।