संघ \संस्था

पोखरा लेडी जेसीजद्धारा विपन्न परिवारलाई सहयोग

पोखरा, चैत २९ । पोखरा लेडी जेसीज परिवारद्धार विपन्न परिवारलाई सहयोग गरेका छन । विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाईरसका कारण सरकारले लागु गरेको लकडाउनका कारण प्रभावित पोखरा महानगरपालिका वडा नं. ५ सँगको सहकार्यमा पोखरा आसपासका ४५ घरपरिवारलाइ सहयोग गरेको बताईएको छ ।


विश्वभर माहामारीको रुपमा फैलीरहेको करोना भाइरसका कारण नेपालमा गरिएको लकडाउन लाइ मध्य नजर गर्दै यस जटिल परिस्थितिमा मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने आस्था लाइ आत्मसात् गर्दै पोखरा लेडी जेसीज परिवारले दैनिक मजदुरी गरेर जिविको आर्जन गर्दै आएका ति परिवारलाई लकडाउनका कारण अप्ठ्यारो परेको देखेपछि सहयोग गरेका हुन । उक्त सहयोग वितरण कार्यमा पोखरा महानगरपालिका वडा नंं. ५ का वडा अध्यक्ष धन वहादुर नेपाली तथा वडा सदस्यहरु अन्जु क्षत्री र हरिमाया विकको सयूक्त रुपमा ४५ घरपरिवारलाइ अतिआवस्यक खाद्यन्न (दाल, चामल, तेल, गेडागुडी, नुन) तथा सावुन वितरण गरियो । ।


sustainable Development Goals अन्तर्गत Goal number 2 Zero Hunger & Goal number 3 Goal Health and wellbeing अनुरुप विपन्न वर्गलाई सहयोग गर्न र उनीहरुलाई हात मुख जोड्ने बातावरण बनाउन आग्रह गरेको मिडिया संयोजक सम्झना थापा क्षत्रीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *