खेलकुद

मेचीनगर गोल्डकपको तयारी तिब्र, प्यारापिट र खेल मैदान व्यवस्थापन अन्तीम चरणमा

युवराज आचार्य

झापा, बैशाख ०५ । मेचीनगर ६ स्थित काँकरभिट्टा मा.वि.को खेलमैदानमा आयोजना हुन लागिरहेको चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप यहि बैशाख १२ गते देखी आयोजना हुने भए संगै मैदान मर्मत तथा व्यवस्थापनको कार्य अहिले तिब्र रुपमा भईरहेको छ ।

खेलकुदको उर्भरभुमीका रुपमा रहेको मेचीनगरको काँकरभिट्टामा यहि बैशाख १२ गते देखी २१ गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको छ । मोफसलमा हुने गोल्डकपहरु मध्ये सफल गोल्डकपको रुपमा आफ्नो पहिचान बनाउन सफल यस गोल्डकपलाई यतिबेला मेचीनगरबासीले उत्साहाका साथ प्रतिक्षा गरिरहेका छन् ।

नियमित रुपमा बर्षभरी नै विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना भईरहने यस खेल मैदान सधै ब्यस्त रहने गर्दछ । सधै व्यस्त रहेका कारण खेल मैदान व्यवस्थापन गर्न समय नै मिलिरहेको हुदैन । तर गोल्डकपको मिति नजिकिए संगै यस मैदानको व्यवस्थापनमा आयोजक व्यस्त छ । एक महिना अगाडी देखी खेल मैदानमा प्रतियोगिता तथा खेलकुद प्रशिक्षण कार्य बन्द गर्दै मैदान मर्मत तथा व्यवस्थापनमा आयोजक लागि रहेको गोल्डकप आयोजक समितिका सचिव अशोक राईले जानकारी दिए ।

गोल्डकप हेर्न आउने फुटबल प्रेमी दर्शकहरुलाई ब्यवस्थित रुपमा प्रतियोगिता हेर्ने ब्यवस्था मिलाउन अहिले बासको प्यारापिट निर्माण कार्य धमाधम भईरहेको छ । करिव ४ हजार दर्शक क्षमताको प्यारापिट निर्माण अन्तिम चरणमा पुगेको मैदान मर्मत समितिका संयोजक दिपक कार्कीले जानकारि दिए ।

काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको आयोजनामा सञ्चालन हुने प्रतियोगितालाई भव्य र सव्य रुपमा सफल बनाउन सबै संग सहकार्य गर्दै अगाडी बढीरहेको गोल्डकप आयोजक समितिका अध्यक्ष मिन बहादुर बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *