शिक्षा

काँकरभिट्टामा अब एमिटी पब्लिक स्कुल

झापा, बैशाख ०४ । मेचीनगर ६ स्थित दुर्गामन्दिर छेउ, बाहुण्डागी रोडमा एमिटी पब्लिक स्कुल सञ्चालनमा आउने भएको छ । नवनिर्मीत एमिटी पब्लिक स्कुल परिसरमा बुधबार एक कार्यक्रम बिच प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले उद्घाटन गरेका हुन् ।

विर्तामोड नगरपालिकामा बिगत बर्षहरु देखी नै सञ्चालनमा रहेको विद्यालय नया शैक्षिकसत्र संगै स्थानतरण भई मेचीनगर ६ स्थित दुर्गामन्दिर छेउ, बाहुण्डागी रोडमा सञ्चालन हुने भएको हो ।

नेत्रप्रसाद न्यौपानेको अध्यक्षतामा आयोजना भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शंकर थापा, विशेष अतिथि अग्रज पत्रकार चन्द्र भण्डारी, पत्रकार सन्तोष आचार्य, समाजसेवी राजेश राउतलगायतले विद्यालयको शैक्षिक सफलता संगै सैद्धान्तिक एवम् व्यवहारीक शिक्षा प्रदान गर्दै सक्षम विद्यार्थी उत्पादन र अभिभावकको मन जित्न सफल होस भनी सुभकामना दिएका थिए ।

विद्यालयका संस्थापक सुवर्ण भट्टराईले विद्यालयको आगामी शैक्षिक योजना र बिशेषता बारे प्रस्टाएका थिए । कार्यक्रममा समाजसेवी केशव आचार्य, टिका अधिकारी, लालीगुरास स्कुलका प्रिन्सिपल सन्तोष राजवंशी, कराते प्रशिक्षक कृष्ण बस्नेत, मेकानीकल ईन्जीनियर सिद्धार्थ थापा, समाजसेवी तुलसी थापालगायतको आतिथ्यता रहेको कार्यक्रममा पत्रकार, शिक्षक, विद्याथी र अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *