स्वास्थ्य

कतारबाट युगलको उपचारमा सहयोग जुट्दै

झापा, बैशाख ०४ । कतारमा रहेका मेचीनगरका नेपाली युवाहरुले युगलको पचारका लागि सहयोग जुटाई रहेका छन । युगलको उपचारमा सहयोग गर्न कतारमा रहेका मेचीनगरका समर बहादुर राउतको नेतृत्वमा २५ सदस्यीय मेचीनगर युवा समुह गठन भई सहयोग रकम जुटाई रहेका छन । एक हप्ता अघि ३० हजार पठाएको उक्त समितिले फेरी २८ हजार सहयोग रकम हाम्रो खबरपाटी डटकम मार्फत पठाएका छन् ।

सामान्य आर्थिक अवस्था भएका मेचीनगर ८ का ईश्वर राईको तिन महिने छोरा युगल आन्द्रको समस्याबाट पिडीत छन् । छोरालाई पूर्वाञ्चलका विभिन्न अस्पातामा उपचार गराउदा सुधार नभए पछि काठमाण्डौं लगेका थिए । उपचारका लागि एक महिना देखि काठमाण्डौंको कान्ती बाल अस्पातालमा उपचार गराईरहेको युगलको आमा पनि मुटुको समस्याबाट पिडीत भइ सोही अस्पातालमा उपचारका लागि आईसियुमा भर्ना भएकी छिन् ।

राईकी श्रीमती र तिन महिने छोरा जिवनमरनको दोसाधमा अस्पातालमा उपचार गराई रहेका छन् । आर्थिक अवस्था कमजोर भएका ईश्वरलाई उपचार खर्च जुटाउन समस्या भई रहेको छ । ईश्वरले सहयोगि मनहरुलाई आफ्नो परिवारको उपचारका लागि सहयोग गरि दिन आग्रह गरेका छन् । साथै कतारबाट सहयोग गर्ने नेपाली युवाहरुलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *