राजनीति

इलाममा एमालेको बर्चस्व कायमै

इलाम । इलाममा नेकपा एमालेले आफ्नो बर्चस्व कायम राखेको छ । बिगत अढाई दशकदेखि एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफ्नो पकट जमाएको इलाममा उनको सेखापछि पनि यस क्षेत्रमा एमालेले बर्चस्व कायम राख्न सफल भएको हो ।

सुवास नेम्वाङको निधनपछि इलाम क्षेत्र नं २ बाट प्रतिनिधित्व गर्ने संघिय सांसद पद रिक्त रहेको थियो । उक्त खाली रहेको इलाम २ मा उपनिर्वाचन मार्फत प्रतिनिधिसभा सदस्य चयन गर्न निर्वाचन आयोगले शनिबार मतदान सम्पन्न गर्यो । जसमा एमालेका उम्मेदवार स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङ ५ हजार ८ सय ३० मतान्तरले प्रतिनिधिसभामा बिजयी भए । उनको बिजयले इलाममा नेपाली कांग्रेसको अवस्थालाई समेत झल्काएको छ । २०७९ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सुवास नेम्वाङसंग ११४ मतले पराजित बनेका डम्बर खड्का अहिले छोरा सुहाङ संग फराकिलो मतले पराजित बने ।

भदौ २५ गते सुवास नेम्वाङको असामयिक निधनपछि इलाम–२ मा एमालेका विरासत जोगाउने अभिभारा नेकपा एमालेले सुहाङलाई सुम्पिएको थियो । अन्तत उनले फराकीलो मतान्तरका साथ विजयी भए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीका बाबजुत पनि इलामेली जनताले सुहाङलाई निर्वाचित गराएको बताउँछन् । विभिन्न बहानामा एमालेलाई हराउने रणनीति लिएपनि अन्य प्रतिष्पर्धिहरु कमजोर सावित भएको उनले बताए ।

यता कानुनमा बिएएलएल गरेका खेलकुदवृतमा स्र्पोटिङ इलाम एफसी डि मेचीको अध्यक्षको रुपमा परिचित छन् । बुवा राजनीतिमा पूर्णकालीन भएकाले त्यसको रूपरङ र कम्युनिस्ट शब्दावलीसँग पनि परिचित र अन्तरघुलित हुने सानैबाट मौका पाए । ३४ बर्षिय सुहाङको परिवारमा कानुनको तीन पुस्ते साइनो छ । उनको हजुरबुवा रामबहादुर नेम्वाङ इलाम जिल्ला अदालतका न्यायाधीश थिए । पुख्यौली थलो इलाम नगरपालिका–७ सुन्तलाबारी भएपनि काठमाण्डौको परिवेशमा सुहाङ हुर्किए ।

निम्न माध्यमिक तहसम्मको शिक्षा उनले ग्यालेक्सी पब्लिक स्कुलबाट पूरा गरे । माध्यमिक तहको शिक्षा जगत मन्दिरबाट सिध्याए । प्लस टु शिक्षाका लागि ज्ञानोदय बालबालिटा रोजे । त्यसपछि उनको कानुनी शिक्षाको यात्रा सुरु हुन पुग्यो । काठमाण्डौ स्कुल अफ ल मा बिएएलएलको शिक्षा सम्पन्न गरेपछि उनको अधिवक्ताको बाटो खुल्ला हुन पुग्यो । राजनीतिक परिवारमा हुकिएपछि घरमा प्राय जसो हुने राजनीतिक छलफल र बहसलाई उनले नजिकैबाट नियाल्ने मौका समेत पाए ।

समय मिल्ना साथ बुबासंग नेपाली राजनीतिक घटनाक्रम र परिर्वतनको बारेमा छलफलमा जुट्ने गरेका थिए ।

बाल्यकालबाटै कम्युनिष्ट पृष्ठभुमीमा हुर्किएपनि २०६८ सालमा नेकपा एमालेको सदस्यता लिएका हुन् । गत प्रतिनिधि सभाको निर्वाचनमा इलामका पाखा–पखेरा डुल्दा त्यहाँका विषमताबारे उनी परिचित बनेका थिए । सुहाङले टिकट पाएसंगै कतिपयले राजतन्त्रको अवशेष भन्दै आलोचना समेत गरेका छन् । यसलाई चिर्दै आफुलाई सक्षम उम्मेदवारको रुपमा परिचित गरेर जनमत जित्नु सुहाङको लागि चुनौतीको रुपमा देखिएको थियो ।

सुवास नेम्वाङलाई २४ बर्ष लगातार सांसदको रुपमा उभ्याएको इलाम–२ मा कम्युनिष्ट विरासत जोगाउनु अर्को चुनौतीको रुपमा देखिएको थियो । बाबुसंग ११४ मतले मात्र हारेका उम्मेदवार विरुद्ध जित्न सुरुवातमा सुहाङलाई सहज नहुने देखिएको थियो । त्यस माथि पनि पहिचानको मुद्धा कोशी प्रदेशमा पेचिलो बनिरहेको अवस्थामा एमालेको मत धेरै काटिने आंकलन गरिएको थियो । अर्को तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले समेत प्रभाव पार्ने अनुमानलाई गलत सावित गराए । नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र परिवार दलको साथ पाएपछि उनले सहज रुपमा कांग्रेस, पहिचानवादी र रास्वपाका उम्मेदवारलाई हराए ।

उनको जितको आधार भनेको बलियो पार्टी संगठन नै हो । अघिल्लो निर्वाचनमा समेत नेकपा एमालेबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत पाएका थिए । यस पटक माओवादीको ५ हजार १ सय मतको साथ सुहाङले पाएका थिए । पहिचानवादीले केही मत प्रभावित पारेपनि सुहाङको जितमा असर नपुगेको देखिन्छ ।

बुबा सुवाचन्द्र झै सुहाङ वाकपटुताका लागि माहिर छन् । नम्र स्वभावका कारण चाडै मतदातालाई रिझाउन सक्ने खुवी उनीमा छ । जसका कारण मत आफ्नो पक्षमा पारेका छन् । त्योसंगै उनी एमालेबाट प्रतिनिधिसभामा प्रपतनिधित्व गर्ने कान्छा सांसद समेत बनेका छन् ।