संघ \संस्था

मेचीनगरमा टोल विकास संस्थासँग साझेदारी कार्यक्रम सम्बन्धि प्रशिक्षण सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा टोल विकास संस्थासँग साझेदारी कार्यक्रम सम्बन्धि सहजकर्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाको आयोजनामा बैशाख १६ गतेदेखि १८ गतेसम्म सञ्चालन गरेको टोल विकास संस्थासँग साझेदारी कार्यक्रम सम्बन्धि सहजकर्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नगरका पन्द्रवटै वडामा रहेका टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

आज समापन शत्रको अवसरमा तालिममा सक्रिय सहभागीता जनाएका प्रशिक्षार्थीहरुलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीलगायले पमाणपत्र प्रदान गरेका छन् ।

टोल विकास संस्थालाई चलायमान बनाउँदै नगरपालिकाकले पन्द्रवटै वडामा विभिन्न साझेदारी कार्यक्रमहरु अगाडी बढाउँदै आइरहेको छ ।