राजनीति

प्रदेश ३ को नाम बागमती, राजधानी हेटौंडा

काठमाडौं, पुष १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको छ ।  प्रदेश ३ को सरकारले त्यसको टुंगो लगाउन नसकेपछि नेकपाले नै उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा नै कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो । 

प्रदेशको नाम र राजधानीका विषयमा नेकपाकै सांसदहरू एकमत नहुँदा करिब दुई वर्षदेखि निर्णय हुनसकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *