शिक्षा

एसअारटीको नेतृत्व विकास तथा उत्प्रेरणा तालिम सम्पन्न

झापा, माघ २२ । स्टुडेण्ट राईजिङ टिम मेचीनगरको आयोजनामा बुधवार लिडरसीप तथा मोटिभेशन तालिम सम्पन्न भएको छ । विद्यार्थीहरुको क्षमता अभिवृद्धि गराई नेतृत्व भाव जगाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बिवेक बुढाथोकीले जानकारी दिए ।

धुलावारीस्थित टाउन हलमा आयोजित कार्यक्रममा मेचीनगरका १५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी, शिक्षक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरुलाई मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा र मोटीभेटर रमेश प्रसाईले प्रशिक्षण दिएका थिए ।

शर्माले लिडरशीप के हो ? नेतृत्व विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेकी थिइन् । उनले बालवालिकालाई काँचो माटोको उदाहरण दिँदै यसलाई जस्तो सुकै आकार र रुप दिन सकिने भन्दै असल नेतृत्व बन्न समयमै आफ्नो भविष्य निर्धारण गर्नू पर्ने बताईन् ।

८ कक्षादेखि माथी गएपछि चन्चले स्वभाव बढ्ने बताउँदै शर्माले आफु कस्तो र के बन्ने भन्ने लक्ष्य निर्माण गरेर त्यस तर्फ क्रियाशील भएर लाग्न सुझाव दिइन् । असल लिडर बन्न पारिवारिक वातावरणले प्रत्यक्ष प्रभाव पार्ने बताउँदै उनले पारिवारिक वातावरण तथा छिमेकीसँगको सम्बन्ध राम्रो बनाउन सुझाव दिइन् । सहभागीहरुलाई उत्साह भर्न बीच–बीचमा रोचक गीत प्रस्तुत गर्दै जीवनमा सफल बन्न निराशावादी सोच र चिन्तन त्याग्नु पर्ने बताइन् ।

कार्यक्रममा उत्प्ररणा सम्बन्धी प्रशिक्षण रमेश प्रसाईले प्रदान गरेका थिए युवाहरुको ढुकढुकी बनेका प्रसाईको विचार सुन्नकैलागि पनि ठुलो सख्यामा विद्यार्थीले सहभागिता जनाएका थिए ।
उनले पोजेटिप सोचको विकास गर्दै जीवनमा आँफु के गर्दा खुशी हुइन्छ त्यो प्राप्ती नै जीवनको सफलता भएको बताए । उनले आँफु भित्रको कमजोर पक्षलाई नहेर्न र हिम्मतका साथ काम गर्न सुझाव दिए ।

टिमका अध्यक्ष बिवेक बुढाथोकीको सभापतित्व तथा मेचीनगर प्रमुख बिमल आचार्यको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि आचार्यले जीवन सफल पार्न असल संस्कारको खाँचो रहेको बताए । उनले आजको युवाले भोली देश तथा हरेक क्षेत्रको नेत्रीत्व लिने भएकोले हरेक ब्यक्तिले क्षमता विकास गर्नु पर्ने बताए ।

कार्यक्रममा विद्यार्थीहरुको रोचक प्रस्तुती समेत रहेको थियो । उपाध्यक्ष रोश्नी कार्की र पूर्व उपाध्यक्ष उषा लिम्बूले स्वागत गरेको कार्यक्रमको सञ्चालन ऋजेश अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *