शिक्षा

रजत महोत्सवको तयारीमा लिटल एञ्जल्स

झापा, फागुन १० । मेचीनगर १३ स्थित लिटल एञ्जल्स अंग्रेजी विद्यालयले रजत महोत्सव मनाउने भएको छ ।

विद्यालय स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ पारेर विविध कार्यक्रमको आयोजना गरी रजत महोत्सव समारोह आयोजना गर्न लागिएको सो विद्यालयले जनाएको छ ।

शनिबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल रुद्रमणि सुवेदीले महोत्सवको अवसर पारेर दुई दिवशीय विविध कार्यक्रमको तयारी गरिएको जानकारी गराए ।

उनका अनुसार महोत्सव अन्तर्गत आउँदो फागनु १२ गते गीत तथा नृत्य प्रस्तुत गरिनेछ भने १३ गते सम्मान तथा पुरस्कार वितरणसभित सांस्कृतिक कार्यक्रम हुनेछ ।

सम्मेलनका क्रममा विद्यालयका को–अर्डिनेट र भूमिप्रसाद सुवेदीले रजत महोत्सव एवं २५ औं वार्षिकोत्सव कार्यक्रममा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिने बताए । २०५६ सालदेखि २०७५ सालसम्मको एस.एल.सी परीक्षामा प्रथम स्थान हाँसिल गर्ने १९ जना विद्यार्थी महोत्सवमा पुरस्कृत हुँदैछन् ।

विद्यालयका निर्देशक सुरेशराज श्रेष्ठका अनुसार पूर्व विद्यार्थीमध्ये सरकारी तथा अधिकृत स्तरका १६ जना, विद्यालय व्यवस्थापन समितिका ३ जना पूर्व अध्यक्षलाई सम्मान गरिनेछ ।

त्यस्तै, ३ जना पूर्व शिक्षक, अभिभावक तथा शिक्षासेवीतर्फ ४ जना, विद्यालयमा कार्यरत् शिक्षकमध्ये २ जना, कर्मचारीतर्फ १ जनालाई सम्मान गर्न लागिएको सम्मेलनमा जानकारी गराइयो ।

जिल्लाका विभिन्न विद्यालयका गरी ३ हजार बढी विद्यार्थीले सहभागिता जनाउने महोत्सवको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *