शिक्षा

लिटल एञ्जल्सले मनायो अाफ्नो रजत महोत्सव, दर्जनौ सम्मानित

झापा, फागुन १३ । मेचीनगर १३ स्थित लिटल एञ्जल्स अंग्रेजी विद्यालयले अाफ्नो रजत महोत्सव मनाएको छ । विद्यालय स्थापनाको २५ औं वर्षको सन्दर्भ पारेर विविध कार्यक्रम आयोजना गरी विद्यालयले रजत महोत्सव मनाएको हो ।

विद्यालयले दुई दिवशीय विविध कार्यक्रम अायोजना गरी महोत्सव भब्य रूपमा सम्पन्न गरेको छ । रजत महोत्सवको पहिलो दिन फागुन १२ गते बिद्यार्थी बिच सास्कृतिक कार्यक्रम अायोजना भएको थियो । त्यसैगरी दोस्रो दिन मंगलवार (अाज) सांस्कृतिक कार्यक्रम सहित सम्मान तथा पुरस्कार वितरणसहित आयोजना भएको हो ।

मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा बिद्यालयमा बिभिन्न क्षेत्रबाट सहयोग पुराउनु हुने ४८ जनालाई सम्मान गरिएको थियो ।

बिद्यालयका फाउण्डर प्रिन्पिल चन्द्रकुमार कार्कीले स्वागत गर्नु भएको कार्यक्रममा बिद्यालयका प्रिन्सिपल रुद्रमणि सुवेदीले बिद्यालयको इतिहास देखि बर्तमानको अवस्थाको बिषयमा जानकारी गराउनु भयो ।

सम्मान कार्यक्रममा २०५६ सालदेखि २०७५ सालसम्मको एस.एल.सी परीक्षामा प्रथम स्थान हाँसिल गर्ने १९ जना विद्याथीलार्ई पुरस्कृत , पूर्व विद्यार्थीमध्ये सरकारी तथा अधिकृत स्तरका १६ जना, विद्यालय व्यवस्थापन समितिका ३ जना पूर्व अध्यक्षलाई सम्मान गरिएको छ । त्यस्तै, ३ जना पूर्व शिक्षक, अभिभावक तथा शिक्षासेवीतर्फ ४ जना, विद्यालयमा कार्यरत् शिक्षकमध्ये २ जना, कर्मचारीतर्फ १ जनालाई सम्मान गरिएको हो ।

कार्यक्रममा मेचीनगर नगरपालिका वडा न १३ का वडाध्यक्ष कृष्ण राज सिग्देल,यामकान्त घिमिरे लगायत सयौ अभिभावक तथा बिद्यार्थीको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन भूमि प्रसाद सुवेदीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *