स्वास्थ्य

प्रदेश १ मा ३१ सङ्क्रमित

विराटनगर, बैशाख १६ । प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ ।

प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९२ जना क्वारेन्टाइनमा छन् ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा २८ करोड ८२ लाख ९७ हजार ५४ रुपैयाँ जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *