समाचार

नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, बैशाख १९ । नेपालमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही र बाँकेका १–१ गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि Read More…

समाचार

वडाध्यक्षमाथि गोली प्रहार

कपिलवस्तु, बैशाख १९ । यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहेका छन् । करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुतेका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी Read More…

समाचार

सरकारले श्रमिकलाई भोकै राख्दैन: प्रधानमन्त्री ओली

काठमाडौं, बैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण श्रमिकको जीवन कष्टकर भएकोमा आफू दुःखी रहेको बताएका छन् । उनले श्रमिकले भोग्नु परेको पीडाप्रति आफू संवेदनशील रहेको भन्दै बताएका छन् । १ सय ३१ औं मे दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले लकडाउनका कारण श्रमिकको जीवन कष्टकर भएकोमा आफू दुःखी रहेको बताएका छन् । Read More…

स्वास्थ्य

प्रदेश १ मा आरडिटीबाट ५ हजार ८९ जनाको नमूना परीक्षण

विराटनगर, बैशाख १९ । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट बिहिबार सम्ममा ५ हजार ८९ जनाको नमूना परीक्षण भएको छ । यसरी परीक्षण गरिएकामध्ये ५ हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको छ । आरडीटी र पीआर दुबै विधिबाट विहीबारसम्म जम्मा ६ हजार ३ सय ७७ जनाको नमूना संकलन भई परीक्षणमा पठाइएको छ । Read More…

स्वास्थ्य

मेचीनगरमा रक्तदान आज

झापा, बैशाख १९ । मेचीनगर–७ मा रहेको प्यारीभिट्टा यूवा क्लबले शुक्रबार (आज) रक्तदान कार्यक्रम आयोजना गर्दै छ । रेडक्रस शाखा झापाको प्राविधिक सहयोगमा मेचीनगर–७ स्थित प्यारीभिट्टा नँया बसपार्कमा बिहानको ११ बजे देखि रक्तदान कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । अहिलेको बिषम् परिस्थितिमा रगतको चरम अभाव भई रहेको छ । त्यसलाई थोरै भए पनि परिपूर्ती Read More…

विश्व

कोरोना भाइरस: मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघ्यो

काठमाडौं, बैशाख १९ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा २ लाख ३३ हजार ८२९ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट ३३ लाख ४ हजार १४० जना संक्रमित भएका छन् । १० लाख ३९ हजार ५५ जना मानिस उपचारपछि निको भइ घर फर्केका Read More…