संघ \संस्था स्वास्थ्य

नगर प्रमुख आचार्यसहित मेचीनगरका ५४ जनाको पीसीआर टेष्ट

झापा, जेठ १८ । मेचीनगर नगरपालिकाका मेयर, उपमेयरसहित ५४ जना जनप्रतिनिधि तथा कर्मचारीहरुको आइतबार कोरोना जाँच गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ लगायत जनप्रतिनिधि र कर्मचारीहरुको नगरपालिका परिसरमा नै ५४ जनाको पीसीआर ९थ्रोट स्वाब० को टेष्ट गरिएको हो । स्वास्थ्यकर्मी चन्द्रशेखर यादवसहितकोे टोलीले जनप्रतिनिधि, कर्मचारीसहित ५४ Read More…

शिक्षा

नयाँ निर्देशिकासहित असार १ गतेबाट पठनपाठन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ, जेठ १८ । कोरोना महामारी रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण शिक्षामा परेको असर न्यूनिकरणको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रयास थालेको छ । कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । यस अवस्थामा पठन पाठन सहज बनाउनको लागि मन्त्रालयले “वैकल्पिक प्रणालीबाट बिध्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७” जारी गरी बैकल्पिक माध्यमबाट पठन Read More…

संघ \संस्था

‘एकका लागि एक’ अभियानद्वारा मेचीनगरलाई १०० थान आरडीटी किट प्रदान

झापा, जेठ १८ । झापाको मेचीनगर नगरपालिकालाई ‘एकका लागि एक’ अभियानले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किट प्रदान गरेको छ । कोरोना भाइरस परीक्षणको दायरा बढाउन आज आइतबार एक सय थान आरडिटी किट प्रदान गरिएको अभियानको साझेदार संस्था वीरता जेसिजका अध्यक्ष मिजास पोखरेलले जानकारी दिए । एक कार्यक्रमका बीच नगरपालिकाको कार्यालयमा नगर प्रमुख विमल आचार्यलाई किट Read More…

स्वास्थ्य

कोरोना सङ्क्रमणबाट दुई वर्षीया बालिकाको मृत्यु, नेपालमा मृतकको सङ्ख्या ८ पुग्यो

काठमाडौँ, जेठ १८ । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएको पुष्टि भएको छ । मृतक स्थानीय क्वारेन्टाइनमा बसेकी बालिकाको मृत्यु कोरोना भाइरसका कारणले भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुगेको पनि उहाँले जानकारी दिनुभयो । बुढीगङ्गा नगरपालिका–१ Read More…

स्वास्थ्य

एकैपटक १६६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १,५६७ पुग्यो

काठमाडौं, जेठ १८ । नेपालमा आज ९आईतवार० एकैपटक १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,५६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा एकैदिन १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको Read More…

स्वास्थ्य

क्वारेन्टाइनमा बसेका बालकको मृत्यु, स्वाब परीक्षण गरिँदै

डडेल्धुरा, जेठ १८ । डडेल्धुराको क्वारेन्टाइनमा बसेका बालकको मृत्यु भएको छ। मृत्यु भएका बालक डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का हुन् । साढे ६ वर्षका ति बालक मलेरीया बाट ग्रसित रहेको र उपचाररत रहेको बुझिएको छ । गएराति १२ बजे डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका उनको मृत्यु भएको डडेल्धुराका प्रहरीले जनाएको छ । भारतको मुम्बइबाट गत Read More…

समाचार

सीमानाका १६ असारसम्म नखुल्ने

झापा, जेठ १८ । सरकारले अन्तर्राष्ट्रिय सीमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोरोना नियन्त्रणमा उच्च सतर्कता अपनाउदै नियन्त्रण तथा रोकथामका लागि यही २० जेठमा सकिने बन्दाबन्दीलाई ३२ जेठसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ । त्यसैगरी सरकारले भारतमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन २० Read More…

स्वास्थ्य

नेपालमा कोरोनाको कहर: ४६ जिल्लामा फैलिदा ७ जनाको मृत्यू, कति पुगे संक्रमित ?

काठमाडौं, जेठ १८ । संखुवासभामा पहिलो पटक कोरोना पुष्टि भएसँगै देशका सातवटै प्रदेशका ७७ मध्ये ५३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. २ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश नं. १ का ८ जिल्लामा संक्रमण Read More…

समाचार

लकडाउन ३२ जेठसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, जेठ १७ । सरकारले लकडाउनलाई १२ दिन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले ३२ जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । जारी लकडाउन २० जेठमा सकिदै छ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को संक्रमणबाट देशका विभिन्न स्थानमा १४ सय बढी कोरोना स‌ंक्रमण पुष्टि भइसकेको छ Read More…

स्वास्थ्य

कोविट–१९ संक्रमणबाट नेपालमा सातौँ व्यक्तिको मृत्यु

काठमाडौं, जेठ १७ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण नेपालमा सातौँ व्यक्तिको मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका वडा नं। ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको हो Read More…