स्वास्थ्य

कोविट–१९ संक्रमणबाट नेपालमा सातौँ व्यक्तिको मृत्यु

काठमाडौं, जेठ १७ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण नेपालमा सातौँ व्यक्तिको मृत्यु भएको छ।

दैलेखको दुल्लु नगरपालिका वडा नं। ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको हो ।

गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *