समाचार

लकडाउन ३२ जेठसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, जेठ १७ । सरकारले लकडाउनलाई १२ दिन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले ३२ जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । जारी लकडाउन २० जेठमा सकिदै छ ।

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को संक्रमणबाट देशका विभिन्न स्थानमा १४ सय बढी कोरोना स‌ंक्रमण पुष्टि भइसकेको छ । नेपालमा सात जनाको कोरोना संक्रमणबाट मृत्युसमेत भएकाले लकडाउन अहिले खोल्न नहुने निष्कर्षमा समिति पुगेको एक मन्त्रीले जानकारी दिए ।

यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने पनि मन्त्रीले जानकारी दिए । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *