स्वास्थ्य

कोरोना सङ्क्रमणबाट दुई वर्षीया बालिकाको मृत्यु, नेपालमा मृतकको सङ्ख्या ८ पुग्यो

काठमाडौँ, जेठ १८ । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएको पुष्टि भएको छ । मृतक स्थानीय क्वारेन्टाइनमा बसेकी बालिकाको मृत्यु कोरोना भाइरसका कारणले भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुगेको पनि उहाँले जानकारी दिनुभयो । बुढीगङ्गा नगरपालिका–१ घर भएकी उनी आमाबुबासँगै आठ दिनअघि भारतबाट नेपाल प्रवेश गरेकी थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *