समाचार

सीमानाका १६ असारसम्म नखुल्ने

झापा, जेठ १८ । सरकारले अन्तर्राष्ट्रिय सीमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोरोना नियन्त्रणमा उच्च सतर्कता अपनाउदै नियन्त्रण तथा रोकथामका लागि यही २० जेठमा सकिने बन्दाबन्दीलाई ३२ जेठसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले भारतमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन २० वटा नाका तोकेको छ। सरकारले तोकेका २० वटा नाकाहरूमा काँकरभिट्टा (झापा), पशुपतिनगर (इलाम), रानी (मोरङ), कुनौली (सप्तरी), ठाडी (सिराहा), माडर (सिराहा), भिट्टामोड (महोत्तरी), मंगलवा (सर्लाही) रेहका छन्।

यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरू रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको पनि ती मन्त्रीले जानकारी गराए ।

त्यसरी विदेशबाट नेपाल ल्याएकालाई काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *