संघ \संस्था स्वास्थ्य

नगर प्रमुख आचार्यसहित मेचीनगरका ५४ जनाको पीसीआर टेष्ट

झापा, जेठ १८ । मेचीनगर नगरपालिकाका मेयर, उपमेयरसहित ५४ जना जनप्रतिनिधि तथा कर्मचारीहरुको आइतबार कोरोना जाँच गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ लगायत जनप्रतिनिधि र कर्मचारीहरुको नगरपालिका परिसरमा नै ५४ जनाको पीसीआर ९थ्रोट स्वाब० को टेष्ट गरिएको हो ।

स्वास्थ्यकर्मी चन्द्रशेखर यादवसहितकोे टोलीले जनप्रतिनिधि, कर्मचारीसहित ५४ जनाको नमूना संकलन गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको संयोजनमा संकलन गरीएको नमूना परक्षिण लागि १ नम्बर प्रदेश प्रयोगशाला विराटनगर पठाईएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए ।

शाखा संयोजक शशिकला राई, सहसंयोजक रामनारायण यादव, टीकाराम ढकाल, गोपाल बराल, दीपक सपकोटा लगायतको स्वास्थ्यकर्मीको टोलीले स्वाबको नमूना संकलन गरेको थियो । पीसीआरको रिपोर्ट ३ दिनपछि आउँने चौलागाईँले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *