मनोरञ्जन

झापाका कमल र बिशालदेवले गरे सबैलाई भोट गरिदिन आग्रह

युवराज आचार्य
झापा, मंसिर २१ ।
नेपालको चर्चित रियालिटि सो नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका झापाली दुई गायक कमल रसाईली र बिशालदेव श्रेष्ठले समर्थक र शुभचिन्तक सबैलाई धन्यवाद दिएका छन् । साथै उनिहरुले आगामी राउण्ड पार गर्नका लागि आफुहरुलाई धेरै भन्दा धेरै भोट गर्न पनि आग्रह गरेका छन् ।

अडिसनबाट नै चर्चामा रहेका यी झापाली गायक अहिले भोटिङ राउण्डको टप टेन चरण पार गरिसकेका छन् । अब उनिहरुको यात्रा टप नाएनको रहेको छ । उसैगरी क्रमश विभिन्न राउण्ड पार गर्दै उपाधि जित्ने दाउमा रहेका छन् उनिहरु तर त्यसको लागि सबैको साथ सहयोग र भोटको खाचो छ ।

जादुमय आवाजका कारण सर्वप्रिय बनेका कमल र बिशालदेवलाई नेपाल स्टार बन्न अब निर्णायक संगै भोटको पनि खाँचो छ । त्यसैले उनिहरुले अहिले आम देशवासीमाझ आफुलाई भोट गरेर जिताउन अनुरोध गरिरहेका छन् । भोटिङ शनिबार राति ९ बजे देखी बिहिबार राती १२ बजे सम्म खुल्ला रहने छ ।

यस्तो छ भोट गर्ने तरिका :-

कमललाई भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर NS04 टाइप गरि 33001 मा सेण्ड गर्नुपर्ने हुन्छ । साथै बिदेश बाट नेपाल टेलिभिजन को App Download गरेर एउटा भोट फ्री पाउनु को साथै त्यही App द्वारा #Esewa #Khalti #Prabhu_Pay #IME_Pay लगायत बिदेशमा बस्नु हुने हरुले आफ्नो #Credit_Card #Visa_Card #Master_Card प्रयोग गरेर पनि कम मूल्यमा असिमित भोट गर्न सक्नु हुनेछ ।

बिशालदेवलाई भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर NS02 टाइप गरि 33001 मा सेण्ड गर्नुपर्ने हुन्छ । साथै बिदेश बाट नेपाल टेलिभिजन को App Download गरेर एउटा भोट फ्री पाउनु को साथै त्यही App द्वारा #Esewa #Khalti #Prabhu_Pay #IME_Pay लगायत बिदेशमा बस्नु हुने हरुले आफ्नो #Credit_Card #Visa_Card #Master_Card प्रयोग गरेर पनि कम मूल्यमा असिमित भोट गर्न सक्नु हुनेछ ।