स्वास्थ्य

झापामा पछिल्लो २४ घण्टामा थप १ सय ४९ जनामा कोरोना पुष्टि

झापा, बैशाख २० । झापामा सोमबार थप १ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यो संख्या कोरोनाको दोस्रो लहर सुरु भए यता कै उच्च रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमित मध्ये ५९ महिला र ९० पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

संक्रमितहरु बिर्तामोडमा ३७ जना, भद्रपुरमा २७ जना, गौरादहमा १२ जना, अर्जुनधारामा ११ जना, मेचीनगरमा १४ जना, कनकाईमा १०जना, भद्रपुरमा २३ जना रहेका छन् ।

त्यस्तै वुद्धशान्ति, शिवसताक्षी र बाह्रदशीमा २/२ जना, कमलमा ६ जना र गौरीगन्जमा १ जना रहेका छन् ।
यो संगै झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या ५८० पुगेको छ ।

झापामा आजसम्म कुल संक्रमितको संख्या ५२६० पुगेको छ भने कुल मृत्यु हुनेको संख्या १३५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।