संघ \संस्था

लालबन्दी जेसीजको जेसीज सप्ताह उत्कृष्ट कार्यक्रमका साथ सम्पन्न

बाहुण्डाँगी । नेकपा एसकी केन्द्रीय सदस्य एवम् सर्लाही क्षेत्र नं (१ )ख० की प्रदेश सभासद बेची लुङगेलीले नेपालका राजनीतिक दलले जेसीजबाट केही पाठ सिक्नु पर्ने बताएकी छिन् । उनले जेसीजको सप्ताहव्यापी समापन कार्यक्रममा बोल्दै,जेसीजको एक व्यक्ति एक वर्षिय कार्यकाल पद्धतिबाट आफु प्रभावित भएको बताईन् ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी उनले यसबाट नेपालका राजनीतिक दलले पाठ सिक्नु पर्ने बताईन् । राजनीतिक दलमा पनि यस्तो पद्धतिको बिकाश गर्न सकिए सवैले अवसर पाउने र संगठन बलियो रहने उनको तर्क थियो ।

जेसीजले लालबन्दी जेसीज वर्ष २०२१ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिभिन्न रचनात्मक कार्यगरेको भन्दै प्रसंसा गरिन । जेसीजले विद्यार्थिहरुलाई स्कूल व्याग, गोलभेडाको तस्विर सहितको स्वागत बोर्ड, मानव सेवा आश्रम, हरिवनमा खाद्यान्न वितरण जस्ता समाजका लागि अनुकरणीय कार्यगरेको सभासद लुङगेलीको तर्क थियो ।

लालबन्दी जेसीज २०२१ ले सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन शनिवार बैंकर्स क्लब लाबन्दीसंग मैत्रीपुर्ण फुटबल खेलेको थियो ।मैत्रीपुर्ण खेलमा ३–२ गोल अन्तरले लालबन्दी जेसीज बिजयी भएको लालबन्दी जेसीजका कोमलहरी गौतमले जानकारी दिए ।

वर्ष २०२१ का अध्यक्ष श्याम कुमार खड्काको अध्यक्षतामा भएको समापन कार्यक्रमा लालबन्दी न।पा। १३ का वडा अध्यक्ष श्री शिवकृष्ण बैद्य,लालबन्दी जेसीजको मातृ शाखा चपुर जेसीजका संस्थापक बालकृष्ण श्रेष्ठ, अध्यक्ष दिलिप सापकोटा,लालबन्दी जेसीजका उपाध्यक्ष एवम् कार्यक्रम मुल संयोजक सन्तोष पौडेल,जेसीज सप्ताह समापन कार्यक्रम संयोजक सरोज न्यौपाने, लालबन्दी जेसीजका संस्थापक किरण घिमिरे लगाएतका बक्ताहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रममा ग्लोबल बैंक लालबन्दीका प्रबन्धक महेश्वर पराजुली, सिदार्थ बैंक लालबन्दीका प्रबन्धक कमल भण्डारी, नेपाल इनभेष्टमेन्ट बैंक, लालबन्दीका प्रबन्धक,पबन कुमार साह,लक्ष्मी बैक लालबन्दीका प्रबन्धक दिनेश कार्की, सानिमा बैक लालबन्दीका प्रबन्धक श्याम सुन्दर खरेल, माछा पुच्छे« बैंक लालबन्दीका प्रबन्धक शेषराज पोखरेल, महालक्ष्मी बिकास बैक लालबन्दीका प्रबन्धक सुदिप चन्द्र पोखरेल, लुमबिनी बिकास बैक लालबन्दीका प्रबन्धक आशिष भट्टराई, मुक्तिनाथ बिकास बैक लालबन्दीका प्रबन्धक भाग्य नारायण दास लगायतको उपस्थिती रहेको थियो ।
होलिडे रिसोर्ट लालबन्दी १३ पत्थरकोटमा भएको समापन कार्यक्रममा लालबन्दी जेसीजले विभिन्न व्यक्तिलाई मायाको चिनो प्रदान गरेको थियो ।