अर्थ

कामना सेवा विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक सङ्केत बोर्ड हस्तान्तरण

ललितबहादुर प्रधान
मेचीनगर ।
कामना सेवा विकास बैंक लि इटाभट्टा शाखाले सवारी दुर्घटना न्यूनिकरण गर्न टेवा पुर्याउने उदेश्यले ट्राफिक सङ्केत बोर्ड ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।

कामना सेवा विकास बैकले आफ्नो संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी बिट इटाभट्टालाई उक्त ट्राफिक सङ्केत बोर्ड हस्तान्तरण गरेको जनाएको छ ।

बैकले एक कार्यक्रमका बिच मंगलबार सो सामाग्री ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख इन्चार्ज यज्ञराज शर्मालार्ई हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका प्रदेश १ प्रमुख खीमलाल भुसाल, दमक क्लस्टर प्रमुख उमेश घिमिरे, इटाभट्टा शाखा प्रमुख रवि पौडेललगायतले उपस्थिति रहेको थियो ।